२० औं लेखनाथ महोत्सवको आकर्षण बन्दै बुद्धको प्रतिमा
- गाउँ सहर संवाददाता
- २२ पौष सोमबार, २०८१ | १९:२९:०० मा प्रकाशित
पोखरा । कास्कीको लेखनाथमा जारी २० औं लेखनाथ महोत्सवमा बुद्धको प्रतिमा दर्शक आकर्षणकाे माध्यम बनेको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराका साथ पोखरा २७ को तालचोकमा सञ्चालित २०औँ लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा हेर्न कै लागि दर्शक ओइरिन थालेपछि आकर्षणको केन्द्र बनेको हो ।
विगतमा अठारौं महोत्सवमा वेगनासतालकाे डेमाे तथा उन्नाइसौंमा कवि शिरोमणि लेखनाथ पौडेलको थ्री डी आर्ट प्रतिमा बनाई चर्चा कमाएका प्रतिमाका परिकल्पनाकार विश्वगोपाल श्रेष्ठले यस पटकपटकको महाेत्सवमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकको ध्यान तान्न यो प्रतिमा बनाउन लगाएका हुन् ।
उनका अनुसार विश्व शान्तिको कामनाका साथ महोत्सव परिसरमा भगवान गौतम बुद्धको आकर्षक प्रतिमा स्थापना गरिएकाे हो ।
महोत्सवमा स्थापना गरिएको प्रतिमाले बालकदेखि वृद्धसम्मकाे ध्यान खिच्न सफल भएको छ । प्रतिमासँगै फोटो खिचाउनेदेखि टिकटिक बनाउनेसम्मको भीड नै लाग्ने गरेको छ ।
बुद्धको प्रतिमाले महोत्सवमा दर्शकको ध्यान तान्ने मात्रै हैन धार्मिक सहिष्णुता र विश्व शान्तिको सन्देश पनि प्रवाह गरेको आयाेजकहरु बताउँछन् ।
उक्त प्रतिमा निर्माणमा तीन लाख ५० हजार रुपैयाँ खर्च भएको उनले बताए । स्वदेशमा नै निर्माण भएको प्रतिमा महोत्सव समाप्त भएपछि उपयुक्त ठाउँको खोजी गरेर व्यवस्थापन गरिने जनाइको छ जसले लेखनाथ क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको दावी छ ।
यसैगरी यसपालिको लेखनाथ महाेत्सवमा बनाइएको माछाकाे अक्वेरियमले पनि दर्शककाे ध्यान तानेको पाइन्छ । यसपटक महिलाको हक, अधिकारसग सम्बन्धित रहेर आयाेजित महिला हाजिरी जवाफ पनि दर्शकको राेजाइमा रहेको छ । हिमाली भेकमन पाइने याकलाई अर्को आकर्षण बनाइएको छ भने युवालाई लक्षित गरि कन्सर्ट तथा लाेक तथा दाेहाेरी गीतका पारखीहरुका लागि लाेकदाेहाेरीका कलाकारहरु ल्याइएका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा बताउँछन् ।
महाेत्सवमा नाै करोड काराेबारकाे अपेक्षा रहेको बताइन्छ । आगामी माघ १ गतेसम्म महोत्सव चल्नेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
प्रतिकृया दिनुहोस