के अब थामिएला शेयरबजार घट्नेक्रम ?
- गाउँ सहर संवाददाता
- २१ पौष आइतबार, २०८१ | १७:५८:०० मा प्रकाशित

काठमाडौं । निरन्तर घटिरहेकाे शेयरबजारमा पछिल्ला तीन कारोबार दिनदेखि बजार सामान्य अंकले बढ्दा लगानीकर्ताले राहत महसुस गरेका छन् । लगानीकर्ताहरु ‘पर्ख र हेर’को अवस्थामा रहेका अवस्थामा बजारले निरन्तर रुपमा सामान्य अंकले बढ्दा पनि उत्साहित हुनुपर्ने अवस्था देखिएकाे छ ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ विन्दुमा कायम भएको छ सामान्य अंकले बढेको बजारमा तीनवटा कम्पनीको सेयर १० प्रतिशतले बढ्यो । अपर लघुवित्त वित्तीय संस्था,दोर्दी खोला विद्युत कम्पनी र ग्रीन भेन्चर्सको सेयर १० प्रतिशतले बढेको हो । दोल्ती पावरको सेयर ९.४४ प्रतिशतले बढ्दा ग्रीन डेभलपमेन्ट बैंकको ९.२४ प्रतिशतले बढ्यो ।
यसदिन नारायणी डेभलपमेन्ट बैंकका लगातीकर्ताले सर्वाधिक गुमाए । सो कम्पनीको सेयर ८.८८ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्षस्थानमा रह्यो । सो कम्पनीको सेयर १९ करोड ९ लाख ४९ हजार ९७७ रुपैयाँको सेयर कारोबार भयो । रिभर फल्स पावरको १७ करोड,रसुवागढी हाइड्रोपावर र एनआरएनको १२/१२ करोड र नेपाल फाइनान्सको ११ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।
यसदिन ४ अर्ब ८६ करोड २ लाख १ हजार ९७४ रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएका स्टक्समध्ये १४१ वटाको मूल्य बढ्दा ९४ वटाको घट्यो । ८ स्टक्सको मूल्य भने आज स्थिर रह्यो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेविसंघद्वारा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनावी घोषणापत्र सार्वजनिक
- अरुका लागि मिसन ८४ होला तर काङ्ग्रेसका लागि मिसन नेपाल हो – सरस्वती गुरुङ
- सुनकाे भाउ अहिलेसम्मकै महँगाे
- तराईमा आज एकआपसमा रङ खेली आपसी सद्भाव साटेर होली मनाइँदै
- पहाड र हिमालमा मनाइयो होली पर्व
- त्रिचन्द्र बहुमुखी क्याम्पस स्ववियु चुनावमा नौ जनाबीच सभापतिमा प्रतिस्पर्धा हुने
- आज फागु पूर्णिमा, हर्षोल्लासका साथ होली मनाइँदै, खेल्दा यी सावधानी अपनाऔं
- ग्लोबल आइएमई बैंकबाट वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुट
- क्यानको सेन्ट्रल कन्ट्र्याक्टमा महिला-पुरूष खेलाडी, को कुन ग्रेडमा परे ?
- बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा समायोजन भई सञ्चालन हुन यस्ताे आयाे सूचना
प्रतिकृया दिनुहोस