पोखरामा १६ औं हिसान कास्की स्पोर्टस मिट सुरु
- विष्णुहरि पाैडेल
- १४ मङ्सिर बिहीबार, २०८० | १८:५२:०० मा प्रकाशित
.jpeg)
पोखरा । १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा बिहीबारबाट सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।
यही मसिर १७ गते सम्म्म सञ्चालन हुने १६ औ संस्करणको हिसान स्पोर्टस मिटको उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले स्वस्थ्य नागरिक उत्पादनका लागि शिक्षा संगै खेलकुदको महत्वपूर्ण भूमिका हुने बताए । पछिल्लो समयमा खेलकुदका गतिविधि बढे संगै विश्वविद्यालयले खेलकुद अध्ययन अध्यापनका लागि स्नातक तहमा खेलकुद विषयलाई प्राथमिकतामा राखेर अघि बढाएको उनले बताए ।
सो अवसरमा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले सामाजिक विकास र रुपान्तरणका लागि खेलकुदको विकास अपरिहार्य रहने बताउँदै विद्यालयस्तरका खेलकुदले नै खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिने बताए ।
हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, १६ औं हिसान स्पोर्टस मिटका संयोजक डा.रामजी शर्मा लगायतका बक्ताहरुले शिक्षासँगै खेलकुदको विकास र खेलाडी उत्पादनका लागि स्पोर्टस मिटलाई निरन्तरता दिँदै आएको बताए ।
उद्घाटन कार्यक्रममा हिसान कास्कीले विभिन्न समयमा आयोजना गरेको अतिरिक्त कृयाकलापमा बिजेता विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने न्यूलाइटका विद्यार्थीहरुले सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।
बिहीबार भएको बास्केटबल उद्घाटन खेलमा हिल पोइन्टले सोसल पव्लिक स्कुललाई २७–११ ले पराजित गरेको छ । त्यस्तै अन्य खेलमा गोर्खा वोर्डिङ स्कुल, बालकल्याण , माउन्ट अन्नपूर्ण, भास्कर, पश्चिमाञ्चल, कास्की मोर्डनाइज्ड, सगरमाथा, टप्स, शिसुनिकेतन माविले अाजका खेल जितेका छन् ।
त्यस्तै आज नै सम्पन्न छात्रा भलिबल प्लस टुतर्फ ८ खेल सम्पन्न भएका छन् । पहिलो चरणका खेलमा पोखरा आदर्श, केफ, कास्की मोर्डनाइज, प्रतिभा मावी, मदर ल्याण्ड, ज्ञानसागर, पश्चिमाञ्चल र टप्स माविले विजयी सुरुवात गरेका छन् । छात्रतर्फ ७ खेल सम्पन्न भए । जसमा केफ, सोसल पव्लिक स्कुल, सगरमाथा, पश्चिमाञ्चल, सिर्जना, पोखरा आदर्श र गुरुकुललले आ–आफ्नो खेलमा विजयी भए । आज देखि नै प्लस टु छात्र–छात्रातर्फका व्याडमिन्टन र टेवुल टेनिसका पहिलो चरणका खेलहरु जारी रहेको व्याडमिन्टन प्रतियोगिताका सांयोजक पुरन कुंवरले जानकारी दिए ।
स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुनेछन् । प्रतियोगितामा मावितह छात्र भलिबलमा २९ र छात्रातर्फ २१ विद्यालयको सहभागिता हुने हिसान कास्कीका अध्यक्ष रोक्काले जानकारी दिए ।
त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ३७ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ १५ टिम भिड्नेछन् । टेवुल टेनिसतर्फ २८ विद्यालयका करिव ३ सय छात्र–छात्रा सिंगल्स र डवल्समा प्रतिस्पर्धा गर्नेछन भने व्याडमिन्टन छात्र–छात्रातर्फ २४ विद्यालयका ३ सय १२ प्रतिस्पर्धीहरुको सहभागिता रहेकोे छ । विश्वविद्यालयतर्फ बास्केटबलमा ९ वटा शैक्षिक संस्थाहरुले सहभागिता जनाएका छन् ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’ मा
- २०औँ लेखनाथ महोत्सव सम्पन्न, १३औं पोखरा महोत्सव जारी
- एनप्याव्सन कास्कीले ग-यो ३३ विद्यालयका १ सय ४५ शिक्षक कर्मचारीको सम्मान
- कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती
- लेउवा संघको स्थापना दिवसमा दौड
- पोखरामा नागरिक सम्मान
- प्रदेश घोषणापत्र जारी गर्दै सकियो पुस्तकाल सम्मेलन
- पोखरा विश्वविद्यालयले २७ वर्ष पछि शिक्षण अस्पताल संचालन गर्दै
- १२औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु
- वेगनासतालमा प्रथम ड्रागन बोट रेस प्रतियोगिता हुने
प्रतिकृया दिनुहोस