नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- गाउँ सहर संवाददाता
- २६ बैशाख शुक्रबार, २०८२ | ०८:२३:०० मा प्रकाशित
काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। शुक्रबार बिहान ११ बजेका लागि बैठक आह्वान भएको संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा पनि सांसद्हरुले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने कार्यसूची छ। नीति तथा कार्यक्रममाथि सांसदले धारणा राख्ने क्रम शुक्रबार सकिने छ।
आजको बैठकमा बोल्न बाँकी सदस्यले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनेछन्। नीति तथा कार्यक्रममाथि सोमबारदेखि निरन्तर छलफल भइरहेको छ।
नीति तथा कार्यक्रममाथिको छलफलको लागि प्रतिनिधिसभामा छुट्याइएको १८ घण्टामध्ये अब ३ घण्टा मात्रै बाँकी रहेकाले आज यसमाथिको बहस सकिने संसद् सचिवालयले जनाएको छ।
दुवै सदनमा यही वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यतालिका तय भइसकेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
प्रतिकृया दिनुहोस