नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- गाउँ सहर संवाददाता
- २६ बैशाख शुक्रबार, २०८२ | ०८:२३:०० मा प्रकाशित
काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। शुक्रबार बिहान ११ बजेका लागि बैठक आह्वान भएको संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा पनि सांसद्हरुले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने कार्यसूची छ। नीति तथा कार्यक्रममाथि सांसदले धारणा राख्ने क्रम शुक्रबार सकिने छ।
आजको बैठकमा बोल्न बाँकी सदस्यले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनेछन्। नीति तथा कार्यक्रममाथि सोमबारदेखि निरन्तर छलफल भइरहेको छ।
नीति तथा कार्यक्रममाथिको छलफलको लागि प्रतिनिधिसभामा छुट्याइएको १८ घण्टामध्ये अब ३ घण्टा मात्रै बाँकी रहेकाले आज यसमाथिको बहस सकिने संसद् सचिवालयले जनाएको छ।
दुवै सदनमा यही वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यतालिका तय भइसकेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विद्यार्थीको मौन तनाव बुझ्न महाकालीका शिक्षकलाई तीनदिने प्रशिक्षण
- उमाकुण्ड–४ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन, सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा
- यस्ताे छ कांग्रेस महाधिवेशन तालिका
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
प्रतिकृया दिनुहोस