गाउँ सहर

त्याग समर्पण र अवसर भए विदेशिने क्रम घट्छ : विश्वविद्यालय अनुदान आयोग अध्यक्ष अधिकारी 

लेखनाथ । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देबराज अधिकारीले त्याग समर्पण र अवसर भए विदेशिने क्रम घटने बताएका छन् ।

त्रिवेणी ईन्टरनेशनल कलेजको आठौं वार्षिक साधारण सभाका अवसरमा आयोजित गोष्ठीमा उनले साे कुरा बताएका हुन्। अधिकारीले आफूहरु पनि एउटा परिधिभित्र रहेकाले भन्ने बित्तिकै सबै काम गरिहाल्ने अवस्था नरहेको बताए । उनले अनुदान दिने, गुणस्तर मापन गर्ने काममा निश्चित मापदण्ड अनुशरण गरेर आफूहरुले कार्य गरिरहेको बताए ।

अधिकारीले पेशालाई सम्मानित बनाउन, देशको आर्थिक अवस्था सुधार गर्न विदेशी बजारमा बिक्ने हैन आफ्नै देश बनाउने जनशक्ति उत्पादन गर्न कलेजहरुलाई सुझाव दिएका छन् ।

यस्तै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन दिनेशमणि अधिकारीले नेपालको उच्च शिक्षामा देखिएका समस्या निराकरणमा आफूहरु लागि रहेका बताए । सफलता प्राप्त गर्न सङ्घर्ष गर्नुपर्नेमा जोड दिंदै उनले स्रोत साधनको सही सदुपयोग हुनुपर्नेमा जोड दिए । विद्यार्थी विस्थापित हुनुका पछाडि रहेका चुनौतिको पहिचान गरी तिनका समाधान तर्फ लाग्नुपर्नेमा  उनले जोड दिएका थिए ।

कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता यज्ञ बहादुर थापाले साधन स्रोत उपयोग गरि नेपालमै  केही गर्न सके मात्रै देशको विकास हुने बताए ।  

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पृथ्वीनारायण क्याम्पसका उप–प्राध्यापक शंकर पौडेल, संस्थागत विद्यालयहरुको तर्फबाट हिसान कास्कीका अध्यक्ष एवं डायमण्ड माविका प्रिन्सिपल यमबहादुर  रोका, सामुदायिक विद्यालयहरुको तर्फबाट लक्ष्मी आदर्श माविका प्राचार्य रविन्द्रनाथ भटृराई, पुर्व विद्यार्थी मञ्चका रामकृष्ण लामिछाने, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष किशोर परियार लगायतले बोलेका थिए ।

कलेजका अध्यक्ष सुमन भटृराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेलले गरेका थिए ।

विष्णुहरि पाैडेल

तपाईँको मत