गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड पुष २६ गतेदेखि
- विष्णुहरि पाैडेल
- १५ कार्तिक बुधबार, २०८० | १८:४२:०० मा प्रकाशित

पोखरा । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता आगामी पुष २६ देखि २८ सम्म हुने भएको छ ।
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिको बुधबार पोखरामा बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा बसेको बैठकले पुषको दोश्रो साता सम्म सबै जिल्लास्तरिय प्रतियोगिताहरु सम्पन्न गर्ने गरि निर्णय समेत गरेको छ ।
उक्त प्रतियोगिता आयोजना गर्नका लागि स्थान तय गर्न सदस्य सचिब शर्माको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ ।
उक्त प्रतियोगिताका लागि ११ वटै जिल्लाबाट जिल्लास्तरीय रनिङ शिल्डबाट विजेता खेलाडी तथा टिमको सहभागिता रहने छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत विभिन्न ६ खेलहरु हुनेछन् । प्रतियोगिता र्मार्शल आर्ट खेल तर्फ छात्र/छात्रा तेक्वान्दो, उशु र कराँते हुनेछन् भने टिम गेमतर्फ छात्र/छात्रा कबड्डी, भलिबल र एथलेटिक्स खेलहरु सञ्चालन हुने प्रावधान रहेको छ । यस वर्ष मार्शल आर्ट खेलमा केही इभेन्ट थप गरिएको छ भने टिम गेममा समेत एक–एक जना खेलाडी थप गरिएको छ ।
प्रतियोगिता सम्पन्न गर्न संघीय सरकारबाट हरेक पालिकाहरुलाई एक–एक लाख, गण्डकी प्रदेशका ११ जिल्लाहरुलाई कुल ४३ लाख र गण्डकी प्रदेशस्तरियका लागि २२ लाख बजेट बिनियोजन गरेको छ भने गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि थप २५ लाख बजेट विनियोजन गरेको सदस्य सचिब शर्माले जानकारी दिएका छन् ।
सम्पन्न बैठकमा जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरु, विभिन्न ६ खेलका पदाधिकारीहरु तथा प्रतिनिधीहरु, आयोजक समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’ मा
- २०औँ लेखनाथ महोत्सव सम्पन्न, १३औं पोखरा महोत्सव जारी
- एनप्याव्सन कास्कीले ग-यो ३३ विद्यालयका १ सय ४५ शिक्षक कर्मचारीको सम्मान
- कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती
- लेउवा संघको स्थापना दिवसमा दौड
- पोखरामा नागरिक सम्मान
- प्रदेश घोषणापत्र जारी गर्दै सकियो पुस्तकाल सम्मेलन
- पोखरा विश्वविद्यालयले २७ वर्ष पछि शिक्षण अस्पताल संचालन गर्दै
- १२औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु
- वेगनासतालमा प्रथम ड्रागन बोट रेस प्रतियोगिता हुने
प्रतिकृया दिनुहोस