पोखराको लामगादीमा गाईजात्रा महोत्सव तथा तायामचा नृत्य प्रतियोगिता हुने
- विष्णुहरि पाैडेल
- १८ भदौ सोमबार, २०८० | १३:१७:०० मा प्रकाशित

लेखनाथ । लेखनाथ नेवाः खलः को आव्ह्वान तथा भीमसेन नेवा खल पोखरा–३३ आपुभञ्ज्याङ्ग लामगादीको आयोजनामा गाईजात्रा महोत्सव एवम् छैटौं लेखनाथ स्तरीय तायामचा नृत्य प्रतियोगिता हुने भएको छ ।
बिभिन्न जातजातीको मौलिक संस्कृति नेपाल र नेपालीका लागि सम्पति भएको बताउँदै भीमसेन नेवा खल पोखरा–३३ आपुभञ्ज्याङ्ग लामगादीका अध्यक्ष लीलबहादुर श्रेष्ठले आइतवार आयोजना गरिएको पत्रकार सम्मेलनमा विभिन्न चाडवाड र धर्म सस्कृतिहरु अन्य मुलकका लागि उदाहरणीय र नेपालीका लागि एकताको प्रतीक भएको बताए ।
पत्रकार सम्मेलनमा लेखनाथ नेवा खलका अध्यक्ष भैरवलाल श्रेष्ठले हामीहरु मिलेर नै हाम्रो सस्कतिको रक्षा गर्ने हो भन्दै हाम्रो लेपाली सस्कृति जातीय आधारमा फरक भए पनि सारमा भने एउटै भएको उल्लेख गरे ।
यही भाद्र २० गते कृष्णजन्माष्टमीका दिन प्रतियोेगिता आयोजना गरिएको जानकारी दिईएको हो ।तायमचा नृत्य प्रतियोगितालाई निरन्तरता दिनुका साथै संस्कृतिप्रतिको आर्कषण जगाउने, स्थानीय श्रोत साधन, उद्योग व्यवसाय, कला र सिपको प्रवद्र्धनमा योगदान पुर्याउने उदेश्यका साथ लाखे नाच, कुमारी नृत्य, धान रोपाई जात्रा, कार्यक्रम र संस्कृति झल्कने गरी धिमे बाजा प्रस्तुत गरिने प्रतियोगिताका संयोजक लीलबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।
प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु ३० हजार र प्रमाणपत्र, द्धितीय हुने समुहलाई २५ हजार र प्रमाणपत्र, तृतीय हुने समुहलाई २० हजार र प्रमाणपत्र र सान्त्वनालाई ८ हजार र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका आयोजकले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट परी र जोकरलाई नगद २-२ हजार र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्नको लागि करीव नौ लाख बराबर खर्च लाग्ने अनुमान गरिएको र श्रेष्ठले जानकारी दिए ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- पोखरामा १६ औं हिसान कास्की स्पोर्टस मिट सुरु
- लेखनाथ उद्योग वाणिज्य संघमा महिला उद्यमीहरुको भेला
- बरालको बहुआयामिक व्यक्तित्व अनुकरणीय
- त्याग समर्पण र अवसर भए विदेशिने क्रम घट्छ : विश्वविद्यालय अनुदान आयोग अध्यक्ष अधिकारी
- शान्ति उदयमा रेडक्रस कास्कीको तालिम सुरु
- गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड पुष २६ गतेदेखि
- लेखनाथ जेसिजद्वारा बृद्धाश्रममा सहयोग
- राइजिङ्ग स्टार युथ क्लवका अध्यक्ष विष्णु गुरुङ्गको समाजसेवा सराहनीय
- मौरीपालनबाटै लाखाैँ कमाउँछन् श्रीभद्र, कम लगानी-मनग्य आम्दानी
- कृषि प्रेरणादायी अधिकारी
प्रतिकृया दिनुहोस