पोखरा २९ मा किसान महासंघकाे आयोजना असार १५
- विष्णुहरि पाैडेल
- १५ असार शुक्रबार, २०८० | २०:५३:०० मा प्रकाशित

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा नेपाल किसान महासंघ गण्डकी प्रदेशले रोपाई उत्सवको आयोजना गरेर असार १५ मनाएको छ । राष्ट्रिय धान दिवसको रुपमा समेत मनाईने असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन महासंघले पोखरा–२९ ठुलाखोर स्थित स्थानीय तेजप्रसाद भण्डारीको खेतमा रोपाई उत्सव एवं दहीच्यूरा खाने कार्यक्रमको आयोजना गरेको हो ।
हरेक मानिसले विहान बेलुका खाने खाना कुनै कारखानाबाट उत्पादन नभई कहिँ न कहिंको किसानले उत्पादन गर्ने भएकाले किसानको महत्व अथाह रहेको र यसको महत्वलाई उजागर गर्नका निम्ति असार १५ विशेष कार्यक्रमको आयोजना गरिएको नेपाल किसान महासंघ गण्डकी प्रदेशका सभापति पुष्पमणी भण्डारीले बताए । उनले गण्डकी प्रदेशभरका किसानहरुको नेतृत्व गर्ने अवसर पाएकामा आभार व्यक्त गरेका छन ।
कार्यक्रममा नेपाल किसान महासंघकी केन्द्रीय सदस्य नम्रता बरालले किसानहरुका समस्यालाई बुझ्ने अवसरसमेत मिल्ने भएकाले यसपाली महासंघले किसानहरुको खेत खेतमै पुगेर असार १५ मनाउने कार्यक्रम बनाएको वताईन । कृषि नै जीवनको मूल आधार भएको वताउँदै उनले हरेक नेपालीहरु कृषि पेशासँग जोडिएको र सबैजना आपसी सहकार्यको माध्यमबाट एक हुन सकेको खण्डमा मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने र आयात प्रतिस्थापन गर्न सकिने बताईन् ।
यस्तै पोखरा महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले महासंघले वडामा आएर कार्यक्रमको आयोजना गरेकोमा आफुलाई खुशी लागेको वताउँदै आगामी दिनमा वडाको तर्फबाट पहिचान स्थापित हुने गरी कार्यक्रमको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
नेपाल किसान महासंघ गण्डकी प्रदेशका सभापति पुष्पमणी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका जिल्ला सभापति भेषराज पराजुलीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन समाजसेवी मोति गिरीले गरेका थिए ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’ मा
- २०औँ लेखनाथ महोत्सव सम्पन्न, १३औं पोखरा महोत्सव जारी
- एनप्याव्सन कास्कीले ग-यो ३३ विद्यालयका १ सय ४५ शिक्षक कर्मचारीको सम्मान
- कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती
- लेउवा संघको स्थापना दिवसमा दौड
- पोखरामा नागरिक सम्मान
- प्रदेश घोषणापत्र जारी गर्दै सकियो पुस्तकाल सम्मेलन
- पोखरा विश्वविद्यालयले २७ वर्ष पछि शिक्षण अस्पताल संचालन गर्दै
- १२औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु
- वेगनासतालमा प्रथम ड्रागन बोट रेस प्रतियोगिता हुने
प्रतिकृया दिनुहोस