नेवारी भाषा संरक्षणका लागि प्रशिक्षण
- विष्णुहरि पाैडेल
- ७ जेठ आइतबार, २०८० | १६:२९:०० मा प्रकाशित

लेखनाथ । गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराको आयोजना र अर्घौ नेवाःखाल लेखनाथको सहकार्यमा संचालित एक महिने नेपाल (नेवारी) भाषा प्रशिक्षण सम्पन्न भएको छ ।
भाषा,कला र सस्कृती लोप हुदै गएकोले यसको संरक्षणका लागि दैनिक रुपमा वोलिने भाषाको प्रयोगलाई बढवा दिनु पर्ने उदेस्यका साथ एक महिने नेपाल भाषा तालिमको आयोजना गरिएको हो ।
गत बैशाख महिना देखि सुरु भएको तालिममा लेखनाथ नगर क्षेत्र भित्र रहेका आठ वटा नेवा: खालका करिव ४० जनाको सहभागीता रहेको थियो ।
तालिम समापन समारोहमा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठन लोक संस्कृती विभाग प्रमुख डिल कुमारी पौडेलले मातृभाषाको संरक्षण र प्रवद्र्धनका लागि प्रतिष्ठानले अभियान चलाउदै नेपालको चिनारी भनेको भाषा, कला र सस्कृती हो भन्ने सवैले बुझनु पर्नेमा जोड दिएकी थिईन ।
एक महिना सम्म चलेको तालिमा मधुसुदन जोशी र भरतलाल श्रेष्ठले सहजीकरण गरेका थिए ।
अर्घौ पौवा नेवाः खलका अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रगोपाल श्रेष्ठ,नेवाः मिसा पुच कास्कीका अध्यक्ष संगीता बज्राचार्य, लेखनाथ नेवाः खलका अध्यक्ष भैरवलाल श्रेष्ठ, नेवाःखल कास्कीका उपाध्यक्ष सस्कृत विध तिर्थ श्रेष्ठ, नेवा खाल मिस पुच कास्कीका निर्वतमान अध्यक्ष मेनुका श्रेष्ठ, लेखनाथ मिस पुचका अध्यक्ष पवित्रा श्रेष्ठ र सहभागीहरुको तर्फबाटवर्षा श्रेष्ठ लगाएतले तालिम फलदायी र जीवनोपयोगी भएको बताएका थिए ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- कृषिकै भरमा संयुक्त परिवार पाल्दै पोखरा रिठेपानीका ‘अरबे साईंला’
- पोखरामा प्रथम राष्ट्रिय नाथ सम्मेलन सम्पन्न
- भजन चुड्कामा देवीस्थान भजन समूह प्रथम
- पोखराको लामगादीमा गाईजात्रा महोत्सव तथा तायामचा नृत्य प्रतियोगिता हुने
- पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना पीडित संर्घष समितिद्वारा ज्ञापन पत्र
- कागवेनीमा सहयोग पठाउँदै, नागरिकको सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पाण्डे
- लेउवा संघको महासचिवमा तिवारीले उमेदवारी दिने
- लेउवाकाे २७ औं स्थापना दिवस, पोखरालाई पर्यटकीय राजधानी बनाउने उद्घोष
- विपद् र शान्ति सुरक्षाका सवालमा प्रदेश सरकार सधैँ सँगै छ : मुख्यमन्त्री पाण्डे
- पोखरा २९ मा किसान महासंघकाे आयोजना असार १५
प्रतिकृया दिनुहोस