कन्या क्याम्पस पोखरामा अनुसन्धान विधि सम्बन्धी तीन दिने कार्यशाला
- विष्णुहरि पाैडेल
- ९ फाल्गुण मंगलबार, २०७९ | २०:५१:०० मा प्रकाशित

कास्की । अनुसन्धान व्यवस्थापन समिति, कन्या क्याम्पस पाेखराकाे आयाेजनामा सञ्चालित अनुसन्धान विधिसम्बन्धी तीन दिने कार्यशाला सोमबार सम्पन्न भएकाे छ ।
कार्यशालाकाे समापन सत्रमा बाेल्दै प्रमुख आमन्त्रित व्यक्तित्व कन्या क्याम्पस सञ्चालक समितिका अध्यक्ष याेगेन्द्र प्रधानले निरन्तरकाे सिकाइले नै ज्ञानकाे विकास हुँदे जाने भएकाले यस्ता कार्यशालाकाे निकै महत्त्व रहेकाे धारणा व्यक्त गरे । यस्तो कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकामा अनुसन्धान व्यवस्थापन समितिलाई उनले धन्यवाद पनि ज्ञापन गरे ।
कन्या क्याम्पसका प्रमुख सुरेसकुमार मानन्धरले सहभागीकाे सक्रियता र उत्साह देख्दा समिति आफ्नाे उद्देश्यमा सफल रहेकाे धारणा राखे । आगामी दिनमा यस्ता कार्यक्रमलाई सात दिनसम्म गर्नुपर्ने महसुस भएकाे विचार पनि उनले व्यक्त गरेका थिए ।
स्राेत व्यक्तिका तर्फबाट बाेल्दै सहप्राध्यापक दीपेन्द्र पराजुलीले आत्मीय वातावरणमा ज्ञान आदानप्रदान गर्न पाउनु निकै महत्त्वपूर्ण भएकाे धारणा राखे ।
सहभागीका तर्फबाट कन्या क्याम्पस र कालिका बहुमुखी क्याम्पसका शिक्षकहरू कविता श्रेष्ठ तथा शिशिर ज्ञवालीले सहज वातावरणमा धेरै कुरा सिक्ने माैका पाएकाे प्रतिक्रिया दिए ।
विभिन्न सत्र विभाजन गरी व्यवस्थित गरिएकाे कार्यशालामा कन्या क्याम्पस, पृथ्वीनारायण क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस, कालिका बहुमुखी क्याम्पस , गाैरीशङ्कर बहुमुखी क्याम्पस, हिमाल कलेज अफ मेनेज्मेन्ट तथा सैनिक आवासीय विद्यालयका गरी कुल ३१ जना सहभागी रहेका थिए ।
कार्यशालामा प्राडा. विकास केसी., प्राडा. हरि पाठक, सहप्रा. दीपेन्द्र पराजुली, डा. सवीन्द्र भण्डारी, डा. भूमिराज बस्ताकाेटी र भूमिराज पण्डितले स्राेत व्यक्तिकाे भूमिका निर्वाह गरी सहजीकरण गरेका थिए ।
अनुसन्धान व्यवस्थापन समितिका संयाेजक डा. भूमिराज बस्ताकाेटीकाे अध्यक्षतामा सम्पन्न कार्यशालाकाे उद्घाटन सत्रकाे सञ्चालन समितिकी सदस्य लक्ष्मी सापकोटाले गरेकी थिइन् भने समापन सत्रकाे सञ्चालन सदस्य भूमिराज पण्डितले गरेका थिए ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- नेवारी भाषा संरक्षणका लागि प्रशिक्षण
- कवि लेखनाथको सम्झनामा कविता प्रतियोगिता
- सातौं पोखरा स्पोर्ट्स अवार्ड सम्पन्न, करन र साम्बालाई वर्ष उत्कृष्ट खेलाडीको अवार्ड
- गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसमा सात जना श्रष्टालाई सम्मान अर्पण
- लेखनाथको मनकामना मन्दिर संरक्षणमा जुटे स्थानीय
- आलु महोत्सवमा ४० टन आलुको कारोबार
- गण्डकी प्रज्ञा प्रतिष्ठानको सक्रियताप्रति मुख्यमन्त्री सन्तुष्ट
- आलु महोत्सवको तयारी अन्तिम चरणमा
- अक्षरयात्राको १९७औं श्रृङ्खला सम्पन्न
- सडक सुरक्षा सचेतना मूलक कार्यक्रम सम्पन्न
प्रतिकृया दिनुहोस