समाज

चीनमा आयोजित डिजिटल अर्थतन्त्र सम्मेलनमा नगर प्रमुख कार्कीद्वारा नेपालको प्रतिनिधित्व

काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले चीनको बेइजिङमा आयोजित संयुक्त राष्ट्रसंघअन्तर्गतको UNITAR र बेइजिङ म्युनिसिपल ब्युरो अफ इकोनोमी एण्ड इन्फर्मेसन टेक्नोलोजीद्वारा आयोजित Global Digital Economy Conference (GDEC) 2026 मा नेपालको प्रतिनिधित्व गरेका छन्।

३० जुनदेखि ६ जुलाईसम्म सम्पन्न सम्मेलनमा कार्कीले प्यानलिस्टका रूपमा सहभागी हुँदै नेपालको डिजिटल रूपान्तरण, स्मार्ट सिटी, डिजिटल सुशासन तथा कागेश्वरी मनोहरा नगरपालिकाले सूचना प्रविधिमार्फत गरिरहेका प्रयासबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुति दिएका थिए।

भ्रमणका क्रममा कागेश्वरी मनोहरा नगरपालिका Digital Economy Cities 40 Alliance (DEC40) को आधिकारिक सदस्यसमेत बनेको छ। यस सदस्यताले विश्वका अग्रणी डिजिटल शहरहरूसँग सहकार्य, अनुभव आदानप्रदान तथा प्राविधिक सहयोग विस्तार गर्ने अवसर प्राप्त हुने नगरपालिकाले जनाएको छ।

नगर प्रमुख कार्कीले बेइजिङका सरकारी अधिकारीहरूसँग डिजिटल सुशासन, स्मार्ट सिटी प्रविधि तथा नगर व्यवस्थापनमा सहकार्यबारे द्विपक्षीय छलफल गर्नुका साथै आधुनिक डिजिटल पूर्वाधार र स्मार्ट सिटी परियोजनाहरूको अवलोकनसमेत गरेका थिए।

थप तस्बिरहरू

गाउँ सहर संवाददाता

तपाईँको मत