कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन, प्रमुख सचेतक थापा, सचेतकमा राई
- गाउँ सहर संवाददाता
- १४ बैशाख सोमबार, २०८३ | १६:१३:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् । सोमबार (वैशाख १४) सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा आङदेम्बेलाई दलको नेता चयन गरिएको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिए ।
सोमबारै यसअघि बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट दलको नेता आङ्देम्बेलाई बनाउने विषयमा सहमति जुटाइएको थियो ।
त्यसअघि, उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित कार्यदलले तीन दिन लगाएर सर्वसम्मतको कसरत गरेको थियो ।
पार्टी सभापति गगन थापाले उनलाई दलको नेता चयन भएको प्रमाणपत्र हस्तान्तरण गरिसकेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसले बासना थापालाई संसदीय दलको प्रमुख सचेतक बनाएको छ।
निश्कल राईले सचेतकको जिम्मेवारी पाएका छन्।
बासना दैलेख क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद हुन् भने निश्कल इलाम–१ बाट निर्वाचित हुन्।
संसदीय दलको प्रमुख सचेतक र सचेतकमा कांग्रेसले युवा नेतृत्व चयन गरेको हो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
- दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि
प्रतिकृया दिनुहोस