गाउँ सहर

सुनापति गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

  • २३ असोज शुक्रबार, २०८३ | १९:२१:०० मा प्रकाशित

रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिकामा दुई वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत सुरेश कुमार श्रेष्ठको सरुवा भएपछि उनको बिदाइ तथा रोशी गाउँपालिका, काभ्रेबाट सरुवा भई आएका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीको स्वागतमा कार्यक्रम आयोजना गरिएको हो।

श्रेष्ठको सरुवा सिन्धुलीको फिक्कल गाउँपालिकामा भएको छ भने सुनापति गाउँपालिकामा कार्यरत सबइन्जिनियर रितेश नाथको सरुवा काठमाडौंको दक्षिणकाली नगरपालिकामा भएको छ।

गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, वडाध्यक्षहरू तथा गाउँपालिकाका कर्मचारीलगायतको उपस्थितिमा आयोजित कार्यक्रममा नेगीलाई स्वागत र श्रेष्ठलाई बिदाइ गरिएको थियो।

कार्यक्रममा गाउँपालिकाको सेवा प्रवाह तथा प्रशासनिक कार्यमा कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्दै सरुवा भई जाने कर्मचारीहरूको आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको थियो। साथै, नयाँ जिम्मेवारी सम्हाल्न आएका प्रमुख प्रशासकीय अधिकृत नेगीलाई गाउँपालिकाको विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहमा योगदान पुर्‍याउन आग्रह गरिएको थियो।

तपाईँको मत