युवापुस्ता र मानसिक स्वास्थ्य
मानसिक स्वास्थ्य साक्षरताको अपरिहार्यता
- डा. नरेन्द्र सिंह ठगुन्ना
- १३ माघ शुक्रबार, २०७९ | ११:१५:०० मा प्रकाशित
स्वास्थ्य भनेको कुनै पनि रोग वा अशक्तता नहुनुमात्र नभई पूर्णरुपमा शारीरिक, मानसिक, अध्यात्मिक र सामाजिक स्वस्थताको गतिशिल अवस्था हो । सामान्यतयाः मानसिक स्वास्थ्य भन्नाले मनोबैज्ञानिक तवरले स्वस्थ्य रहनु भन्ने बुझिन्छ । मानसिक स्वास्थ्यले व्यक्तिको त्यो क्षमतालाई जनाउँछ, जसले उसलाई आफ्नो समूह तथा वातावरण संगको अन्तरक्रियालाई सहायता पुर्याउँदछ ।
तपाईंले आफ्नो वरीपरीको संसारलाई कसरी हेर्नुहुन्छ, कसरी सोच्नुहन्छ र कसरी महशुस गर्नुहन्छ, त्यसलाई नै मानसिक स्वास्थ्य भनिन्छ । विश्व स्वास्थ्य संगठनको अनुसार “मानसिक स्वास्थ्य भन्नाले त्यो अवस्थालाई जनाउँछ जब व्यक्तिले आफ्नो क्षमता महशुस गर्छ, जीवनमा आईपर्ने सामान्य तनावहरुसँग सामना गर्नसक्छ, पुर्णरुपमा उत्पादनशील भएर कामगर्न सक्छ र आफ्नो समुदायमा केहि योगदान गर्न सक्षम हुन्छ ।”
मानसिकरुपमा स्वस्थ व्यक्तिले निम्न कामहरु गर्न सक्छन्ः
- स्पष्टरुपमा सोच्न
- जीवनको समस्याहरु समाधान गर्न
- उत्पादनमुलक काम गर्न
- अरु व्यक्तिसँग सुमधुर सम्बन्ध राख्न
- आत्मिक रुपमा सहज महशुस गर्न
- समाजमा योगदान पुर्याउन
प्रायःजसो मानसिक रोगहरुमा खास गरेर सामान्य प्रकारकाे मानसिक समस्याको उपचारमा मनोविमर्शको महत्वपुर्ण भूमिका हुन्छ । मनोविमर्श भनेको मनोविमर्शकर्ता र सेवाग्राहीबीचको एउटा योजनाबद्ध सहयोगको प्रक्रिया हो । मनोविमर्श कुराकानीको माध्यमबाट मानसिक समस्या भएका व्यक्तिलाई संवेगात्मक सहयोग दिँदै समस्या समाधानका लागि उपायहरू खोज्न सहयोग पुर्याउने एउटा प्रक्रिया हो । मनोविमर्शमा मनोविमर्शकर्ता र सेवाग्राहीबीचको सम्बन्ध एक आपसमा आदर, मैत्रीपूर्ण, सहयोगपुर्ण, विश्वासिलो र भरपर्ने हुन्छ जसमा मनोविमर्शकर्ताले समस्यामा परेको व्यक्तिलाई सीपमा आधारित कुराकानीको माध्यमबाट उसका समस्या, व्यवहार र अप्ठ्याराहरूको समाधानमा सहयोग गर्दछ ।
मनोविमर्श मनोबैज्ञानिक सहयोग विधि हो जसमा तालिमप्राप्त मनोविमर्शकर्ताले सेवाग्राहीको समस्यालाई बुझ्न मद्दत गर्दछन् । मनोविमर्शमा सेवाग्राहीको भावनात्मक तथा सामाजिक समस्याहरुको असर कम गर्न र त्यसलाई सजिलो बनाउने उपायहरुको खोजीगर्न सेवाग्राही र मनोविमर्शकर्ता दुबैले संयुक्त प्रयास गर्दछन् । मनोविमर्शमा कुराकानी सहयोगको एउटा प्रमुख माध्यम हो । यसका साथै आवश्यकताअनुसार अरु वैकल्पिक साधन जस्तैः– चित्र, खेल, जाँच–सूची, नाटक, भूमिका निर्वाह, आराम आदि पनि प्रयोग हुन्छन् । मनोविमर्शमा मनोविमर्शकर्ताले समस्या समाधानकालागि कुनै पनि सल्लाह वा सुझाव दिँंदैन बरु सेवालिने व्यक्तिलाई उसका समस्या समाधानका उपायहरू ऊ भित्रबाट नै निकाल्न/खोज्न सहयोग गर्दछ । मनोविमर्शले सेवाग्राहीलाई साँस्कृतिक विभेद र लैँगिक दृष्टिकोणको प्रभावमा नआएर स्वतन्त्र रुपमा अफ्ना अनुभव तथा दुःख, चिन्ताहरूका सम्बन्धमा छलफल गर्न सक्षम बनाउँछ ।
मनोविमर्श किनआवश्यक छ ?
- सेवाग्राहीलाई उनको समस्या प्रष्टसंग बुझ्न मद्दत गर्नु ।
- सेवाग्राहीको समस्याहरु एक भन्दा बढी भएको अवस्थामाती समस्याहरुको प्राथमिकीकरण गर्न सघाउने ।
- सेवाग्राहीको समस्याहरुमा आवश्यक सामाधानका उपायहरुको खोजी गर्नलाई सहयोग गर्नु । ती उपायहरुलाई व्यवहारमा उतार्न आवश्यक सहयोग गर्नु ।
- सेवाग्राहीको आत्मविश्वास बढाउछ साथै म एक्लो छैन, मेरो कुरा सुन्ने र मलाई सहयोग गर्ने व्यक्ति छन् भन्ने भावनाको विकास गर्दछ ।
- सेवाग्राहीलाई मनको पीडा अभिव्यक्ति गर्नमा सहयोग गर्दछ ।
- मनोसामाजिक समस्यासँग सामना गर्न तथा समाधान गर्न मनोविमर्श एक प्रभावकारी सहयोग विधि हो ।
- मनको भावना व्यवहारमा देखिन्छ भन्ने कुरामा आधारितभई मनोविमर्श भावनामा केन्द्रित हुने गर्दछ ।
- मानिसलाई मानसिक रुपमा स्वस्थ रहनमा योगदान गर्दछ । समस्याभएको व्यक्तिमा स्वःस्फुर्त परिवर्तन ल्याउन सहयोग गर्दछ साथै व्यक्तिमा अन्तरदृष्टिको विकासभई आफूलाई पुर्ण रुपमा स्वीकार गर्न सहयोग गर्दछ ।
नेपालमा मनोविमर्शको आवश्यकता र मनोविमर्शका केही क्षेत्रहरुः
नेपालमा दक्ष जनशक्ति जस्तै चिकित्सक, मनोचिकित्सक, मनोविज्ञ आदिको अभाव छ । यस्तो अवस्थामा सहयोगको भावना, भएका जोकोहिले पनि केही समयको प्रशिक्षण लिएर मनोविमर्श सेवा प्रदान गर्न सक्छन् साथै मनोसामाजिक समस्या र त्यसको उपचारमा चेतना अभिवृद्धि गर्नको लागि, जनमानसमा रहेको डर, त्रास र सामुहिक आघातको अवस्था कम गरी उनीहरूमा आत्मविश्वास र आत्मनिर्भता बढाउनको लागि । मनोसामाजिक समस्याभएकाव्यक्तिहरूको पहिचान, समस्यामा सहयोग र जटिल समस्याभएको अवस्थापहिचान गरी सम्बन्धित संघ, संस्था तथा उपचार केन्द्रहरूमा सिफारिस गर्नको लागि । मनोविमर्श केही क्षेत्रहरु निम्नप्रकार रहेका छन् ।
- मानसिक समस्याहरुमा
- यौवन अवस्थाको समस्या
- वैवाहिक समस्या
- अपाङ्गता तथा असक्षमता
- दुर्व्यसनी तथा लागु औषध, मद्यपान
- मानव बेचविखन, यौन शोषण तथा यौन दुर्व्यवहार
- बृद्धबृद्धाहरुका समस्यामा र पुनःस्थापना
- करियर, रोजगारी र पारिवारिक समस्याहरुमा
- विवाहपुर्व र विवाह पछिको समायोजन
- इन्टरनेटको लत आदिमा ।
मनोविमर्शका प्रभावहरुः
क) तत्कालीन प्रभावहरुः
नकारात्मक सोचाइमा परिवर्तन भई सकारात्मक सोचाइ राख्ने व्यवहारको ज्ञान हुन्छ । समस्या आफनै कारणले देखिएकोले समाधानपनि गर्न सकिन्छ भन्ने भावनाको विकास हुन्छ जसले गर्दा आत्मबल रआत्म सम्मान बढ्छ । मूख्य समस्या के हो भन्ने थाहा हुन्छ र अन्तर ज्ञान प्राप्त हुन्छ । संवेगात्मक सहयोगद्वारा मनका पीडा कम हुन्छ र आराम मिल्दछ । समस्या समाधानका उपायहरूको खोजी तथा प्रयोग हुन्छ जसले समस्या समाधानमा सहयोग गर्दछ । म असहाय छु भन्ने भावनामा कमी आउँछ । आफूमा र अरुमाविश्वास गर्न सक्ने वातावरणको सृजना हुन्छ । समस्याप्रतिका गलत धारणा र मान्यताहरू हराउँछन् ।
ख) दीर्घकालीनप्रभावहरुः
एउटा समस्यासँग जुध्न वा सामना गर्न सिकेपछि सामान्यीकरणको माध्यमबाट अरु त्यस्तै वा अलि विभिन्न प्रकारका समस्यासँग जुध्न वा सामनागर्न सक्दछ । समस्याको अवस्थाबुझ्न सक्छ । सामनागर्ने व्यवहार सकारात्मक हो कि नकारात्मक हो भनी छुट्याउन सक्छ । आफ्नो क्षमता तथा कमजोरीहरू छुट्याउन सक्दछ । आरामका तरिकाहरू एक पटक सिकेपछि जीवनभर प्रयोग गर्न सक्दछ । यो मनको कुरा त्यो मनले वुझ्ने सामाजिक सहयोग प्रणाली-सञ्जाल पत्ता लगाएपछि जीवनभर प्रयोग गर्न सक्दछ ।(ठगुन्ना, मनोविद् एवं द स्कुलअफ साइकलोजी नेपालका अध्यक्ष समेत हुन् ।)
डा. नरेन्द्र सिंह ठगुन्ना
डा. ठगुन्ना स्तम्भकार हुन् ।
- आत्महत्या रोकथामको लागि दृष्टिकोण बदलौँ
- युवामा मानसिक स्वास्थ्य समस्या, यसकारण आवश्यक छ मनोविमर्श
- मानसिक समस्यामा हुँदा मनाेवद् एवम् चिकित्सकसँग परामर्श लिऔँ
- अटिजम र अभिभावकत्व तनाव
- मानसिक स्वास्थ्यमा गाँजा र शिवरात्रि
- यौन तनाव, असर र यसको व्यवस्थापन
- कोभिड–१९ महामारीमा सकारात्मक मानसिक स्वास्थ्य
- शिवरात्रिको सकारात्मक मनोविज्ञान र मानसिक सुस्वास्थ्य
- कोभिड-१९ र जेष्ठ नागरिकको मानसिक स्वास्थ्य हेरचाह
- पार्किन्सन रोग र मानसिक स्वास्थ्य समस्याको रोकथाम
प्रतिकृया दिनुहोस