दृष्‍टिकोण

मानसिक स्वास्थ्यमा गाँजा र शिवरात्रि

हिन्दु सँस्कृतिमा मुख्य गरेर भारत र नेपालमा सामाजिक हिसाबले गाँजा स्वीकृत लागुपदार्थको रुपमा रहेको छ । धार्मिक, साँस्कृतिक अवसरहरुमा जस्तै शिवरात्रि, होलीमा प्रसादको रुपमा यसको प्रयोग हुन्छ । अरुवेलामा पनि कहिलेकाही मठ मन्दिरमा यसको सेवन भइरहेको देख्न सकिन्छ । गाँजा भनेको पूर्वीय सभ्यतामा परापूर्वकालदेखि औषधिका रूपमा प्रयोग हुँदै आएको जडिबुटी हो ।

महाशिवरात्रि अथवा शिवरात्रि हिन्दुहरूको प्रमुख चाड, भगवान शिवको प्रमुख पर्व हो । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । चन्द्रमासको चौधौँ दिनको रातलाई शिवरात्री भनिन्छ । यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । 

धार्मिक, साँस्कृतिक अवसरहरुमा जस्तै शिवरात्री, होलीमा प्रसादको रुपमा यसको प्रयोग हुन्छ । गाँजा भनेको पूर्वीय सभ्यतामा परापूर्वकालदेखि औषधिका रूपमा प्रयोग हुँदै आएको जडिबुटी हो ।

यो दिन देशका विभिन्न शिव पीठहरुमा ठूलो मेला लाग्ने गर्दछ । काठमाडौँको पशुपतिनाथमा रातकै समयदेखि शिवको दर्शन गर्न दर्शालुहरुको लाइन लागेको छ । यो दिनलाई नेवा समुदायले शिलाचःह्रे पूजा गर्ने गर्दछन् । जसको माध्यमवाट समाजमा रहेका व्यक्तिहरुले समाजमा स्वीकृत तरीकाले मनोसामाजिक सु-स्वास्थ्य कायम गर्न सहयोग पुगेको छ । 

संयुक्त राष्ट्र संघका अनुसार, संसारभरिका करिव १५८.८ मिलियन मान्छेले गाँजाको सेवन गर्दछन जुन संसारभरिका मान्छेको करिव ३.८ प्रतिशत हुन्छ । गाँजा यस्तो अवैध लागुपदार्थ हो जुन करिब चार प्रतिशत १५देखि ६४ वर्षका मानिसले विशेष गरेर किशोर, युवा तथा पुरुषहरुले यसको सेवन गर्ने गरेको तथ्यांक छ । गाँजा लाइ म्याराजुना  र  क्यानाविज भनिन्छ । यो गाँजाकोे बिरुवाको पात, टुसा र फूलबाट बनाइन्छ । यसबाट निस्कने च्याप्च्याप् लाग्ने पदार्थबाट ह्यासिस बन्छ । नेपालको ग्रामिण भुमीमा यसको प्रयोग व्यापक देखिन्छ । गाँजाको औषधीय गुण कतिपय अवस्थामा यसको उपयुक्त प्रयोग भएको पनि देखिएको छ, जस्तैः दुखाइ कम गर्ने, भोक जगाउने असर क्यान्सर जस्ता पिडादायक अवस्थामा उपयुक्त विकल्प पनि हुनेगरेको छ । 

गाँजा यस्तो अवैध लागुपदार्थ हो जुन करिब चार प्रतिशत १५देखि ६४ वर्षका मानिसले विशेष गरेर किशोर, युवा तथा पुरुषहरुले यसको सेवन गर्ने गरेको तथ्यांक छ ।

गाँजाको दुव्र्यसनीः मानसिक रुपमा गाँजाकोे प्रयोगले मानिसको मनोदशा र शरीरमा असरहरु उत्पन्न हुन्छ । तत्कालीन असर स्वरुप कतिलाई छट्पटी, शारिरीक असरहरु पनि हुन्छन जस्तैःमुटुको चाल बढ्ने, रक्तचाप बढ्ने, सास छिट्छिटो फेर्ने, आँखा रातोपिरो हुने, मुख सुक्ने, भोक लाग्ने आदि । 

दिर्घकालीन र अत्याधिक सेवनले यसकै लत र दुव्र्यसन हुनेगर्छ । केहिलाई अझै हानिकारक उदासिन, छट्पटी, स्किजोफ्रेनिया हुन सक्छ । कुनै कुरामा ध्यान केन्द्रित हुने, सोचबिचार र एकाग्र हुने गर्ने, केहि अवस्थाप्रति स्वतः प्रतिक्रिया जनाउने र निर्णय लिने क्षमतामा प्रतिकूल असर गर्छ, छट्पटाउने, डराउने, रुने, कराउने आदि हुन्छ । केहिलाई यसको असर रहुञ्जेल रमाइलो, आनन्द, स्वच्छन्द, आराम, चैन र पिडारहित अनुभव दिन्छ । 

गाँजाको लत र दुव्र्यसन गाँजाको लतलाई गाँजाको दुव्र्यसन भनिन्छ । शुरुमा यसले लत लाग्दैन भनी सोचिएपनि पछि यो नशालु र व्यसन हुने पदार्थको रुपमा सिद्ध भएको छ । मानिसले यसको सेवन रोक्दा वा घटाउँदा चिड्चिडाहट, रिस, छट्पटी, डर, त्रास, अनिद्रा, उदासी, बोर तथा टाउको र पेट दुखम्ने,, पसिना छुट्ने, ज्वरो आउनेजस्ता लक्षणहरु पैदा हुनसक्छन् ।  विभिन्न अनुसन्धानहरुले गाँजाको लतले उदासिनता, चिन्ता , स्किजोफ्रेनियाको रोगहरु लाग्न सक्ने पनि देखाएको छ ।

उपचार
गाँजाको मानसिक स्वास्थ्यमा संभावित लाभ को बारेमा क्यानाडा र अमेरिकाका शोधकर्ताहरुकोे एक टोलीले हाल २०१६ मा गरेको समीक्षाको आफ्नो प्रतिवेदन, चिकित्सकीय मनोविज्ञान समीक्षामा प्रकाशित गरेका थिएमा  जसमा शोधकर्ताहरुले उदासिनता, निराशा, सामाजिक चिन्ता र आघात जन्य घटना पछिको तनावमा यसले सकारात्मक तरिकाले सामना गर्न सहयोग पुग्ने तर द्विध्रुवी विकारमा यसले सकारात्मक भन्दा पनि अधिक नकारात्मक दुष्प्रभाव हुने जनाएको छ । अनिद्रा, शारीरिक पीडा, मानसिक तनाव लगायतमा गाँजाको औषधि ‘अचुक’ मानिन्छ । नेपालमा प्राचीन कालदेखि गाँजाको आयुर्वेद औषधि प्रयोग हुँदै आएको थियो । 

मनोवैज्ञानिक थेरापि, व्यवहारगत अभ्यास, नियमित जाँच, आदिले पनि सहयोग पुग्दछ । यसमा परिवारको संलग्नता विशेष गरेर किशोर दुव्र्यसनीहरुका उपचारमा लाभप्रद हुनेगर्छ । यसमा विविध पक्षबाट लाभदायी हुनसक्ने औषधीहरुको पनि विकास भैरहेको देखिन्छ । उपचारका लागि यसबारे समाजमा मनोशिक्षाको माध्यम वाट तथ्यह्रुको जानकारी गराउनु पर्दछ ।  अभिभावकले सकारात्मक अभिभावकत्वको  सीप प्रयोग गरेर आफ्ना सन्तानहरुलाई उत्तरदायी, सतर्क  भएर यस्ता खराब प्रवृत्तिबाट टाढा राख्ने कोसिस गर्न एकदमै आवश्यक हुन्छ । मनोविमर्शको प्रयोगबाट सेवाग्राहिलाई आफ्नो समस्याबारे यथार्थ बोध गर्न र यसबाट छूटकारा पाउन उपयोगी हुने विविध उपाय र बिकल्पहरुबारे खोजीनितीमा सघाउँछ । नशासेवनदेखि टाढा रहेर जीवन जिउने उपायहरुको बुझ्न यसबाट सहयोग पुग्छ । स्व-सहयोग समूहमा आवद्ध भएर सामूहिक रुपमा  व्यक्तिलाई धेरै सहयोग मिल्नेगर्छ ।  सास्कृतिक रुपमा स्वीकृत मनोसामाजिक सहयोगका तरीकाहरु अपनाएर पनि कतिपय मानिसहरुले यसको लत छाड्न सक्दछन् । 

तपाईँको मत