शिवरात्रिको सकारात्मक मनोविज्ञान र मानसिक सुस्वास्थ्य
- डा. नरेन्द्र सिंह ठगुन्ना
- २७ फाल्गुण बिहीबार, २०७७ | ०४:१५:०० मा प्रकाशित
शिव भगवानलाई देवाधिदेव महादेव, मृत्युञ्जय, महाकाल, महेश्वर, परव्रह्म र परमात्मा पनि भनिन्छ, । महाशिवरात्रि अथवा शिवरात्रि हिन्दुहरूको प्रमुख चाड, भगवान शिवको प्रमुख पर्व हो । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । चन्द्रमासको चौधौ दिनको रातलाई शिवरात्री भनिन्छ । यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र महारात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । महारात्रिलाई नै ‘शिवरात्रि’ भनिन्छ ।
यो दिन देशका विभिन्न शिव पीठहरुमा ठूलो मेला लाग्ने गर्दछ । काठमाडौँको पशुपतिनाथमा रातकै समयदेखि शिवको दर्शन गर्न दर्शालुहरुको लाइन लागेको छ । यो दिनलाई नेवा समुदायले शिलाचःह्रे पूजा गर्ने गर्दछन् । जसको माध्यमवाट समाजमा रहेका व्यक्तिहरुले समाजमा स्वीकृत तरीकाले मनोसामाजिक सु स्वास्थ्य कायम गर्न सहयोग पुगेको छ ।
उपवासको सकारात्मक मनोविज्ञान र मानसिक सु स्वास्थ्य
मानसिक रुपमा स्वस्थ ब्यक्तिले निम्न कामहरु गर्न सक्छन जस्तै स्पष्टरुपमा साेंच्न, जीवनको समस्याहरु समाधान गर्न, उत्पादनमुलक काम गर्न, अरु व्यक्तिसंग सुमधुर सम्बन्ध राख्न, आत्मिक रुपमा सहज महशुस गर्न र समाजमा योगदान पुर्याउन सक्छ ।
शिवरात्रिका दिन उपवास बसेर चन्दन, अक्षता, फूल, बेलपत्र, प्रसाद, फलफूल, भाङ, धतुरो, शुद्ध गंगा जल, गाईको दूध चढाएर भक्ति भावपूर्वक श्रद्धालु भक्तजनहरूले पूजा गर्दछन् । शिवलाई मानिसले आ–आफ्ना रुचि र सिद्धान्त अनुसार अलग–अलग नाम दिएर उपासना गर्ने गरेको पाईन्छ । शिवलाई वेदान्तिहरू ब्रह्म भन्छन, बौद्धहरू बुद्ध, नैयायिकहरू कर्ता, जैनहरू अर्हत् र मीमांशकहरू कर्म भन्छन् ।
भक्तजनहरू भजन कीर्तन गरेर धुनी लगाएर उखु पड्काएर रातभर जाग्राम बसेर भगवान् शिवको विशेष तवरले पूजा आराधना, भजन कीर्तन गर्दछन् । जसमा संगीत र नित्यको संयोजन हुन्छ । जसले दिमागलाई शान्त पार्न, शरीरलाई ऊर्जा, र मानिसको पिडा कम गर्न र व्यवस्थापन गर्न मद्दत गर्दछ, तनावकम गर्न, कम खान, मतिस्कको आयु वढाउन र स्मरण शक्ति वढाउन, निन्द्रा, उत्प्रेरण दिन, मनोदशा र उदासिनता कम गर्न, आत्म विश्वास बढाउन, सम्वन्ध विस्तार गर्न सहयोग गर्दछ ।
विभिन्न अध्ययनले देखाए अनुसार उपवासले हाम्रो इच्छा शक्ति लाई सशक्तता प्रदान गर्न मदत गर्छ । जसले हामीलाई विभिन्न प्रकारको भौतिक र मनोवैज्ञानिक व्यवहारहरुमा सकारात्मक परिणामहरू जस्तै उच्च आत्मविश्वासले शैक्षिक सफलता, अन्तसम्बन्ध, स्वास्थ्य, खाने बानीहरू, मितव्यी व्यवहार,परोपकारी व्यवहार र दयालु कार्यहरू गर्न सहयोग गर्दछ । यसको असरले हाम्रो भावनाहरूको व्यवस्थापन गरी मनोवैज्ञानिक सु स्वास्थ्य राम्रो राख्न सहयोग गर्दछ । उपवासले शरीरलाई क्यान्सर कोशिकाहरू विरुद्ध लड्न मद्दत गर्दछ, साथै क्यान्सर कोशिकाहरूको विकासलाई कम पार्छ। उपवासले शारीरको प्रतिरक्षा प्रणाली र पाचन प्रक्रियामा सुधार गर्न मदत मिल्छ जसले दिघायु जिवन वाच्न सहयोग गर्छ । उपवासले इन्सुलिन संवेदनशीलतालाई बढाउन मद्दत पुर्याउन सक्छ, जसले हामीलाई स्वस्थ रक्तचाप, कोलेस्ट्राेल स्तर, मुटुको काम, र मधुमेहको जोखिम कम गर्न सक्छ ।
डा. ठगुन्ना, मनोविद एवम् द स्कुल अफ् साईकलोजी नेपालका अध्यक्ष समेत हुन् ।
डा. नरेन्द्र सिंह ठगुन्ना
डा. ठगुन्ना स्तम्भकार हुन् ।
- आत्महत्या रोकथामको लागि दृष्टिकोण बदलौँ
- युवामा मानसिक स्वास्थ्य समस्या, यसकारण आवश्यक छ मनोविमर्श
- मानसिक समस्यामा हुँदा मनाेवद् एवम् चिकित्सकसँग परामर्श लिऔँ
- अटिजम र अभिभावकत्व तनाव
- मानसिक स्वास्थ्यमा गाँजा र शिवरात्रि
- यौन तनाव, असर र यसको व्यवस्थापन
- युवापुस्ता र मानसिक स्वास्थ्य
- कोभिड–१९ महामारीमा सकारात्मक मानसिक स्वास्थ्य
- कोभिड-१९ र जेष्ठ नागरिकको मानसिक स्वास्थ्य हेरचाह
- पार्किन्सन रोग र मानसिक स्वास्थ्य समस्याको रोकथाम
प्रतिकृया दिनुहोस