खेल

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल

पाेखरा । नेसनल प्याब्सन, कास्कीले  खेलकुद महोत्सव गर्नेनेसनल प्याब्सन, कास्कीले  खेलकुद महोत्सव गर्ने भएको छ । एन प्याब्सन कास्कीले शुक्रबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी यही मंसिर २० देखि २३ गते सम्म १३औं खेलकुद महोत्सव–२०७९ गर्ने जानकारी दिएको हो । एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले खेलकुद महोत्सवमा एन प्याब्सन कास्कीमा आबद्ध ४६ विद्यालयका लगभग ७ हजार खेलाडी विद्यार्थी मैदानमा प्रतिस्पर्धाका लागि उत्रने तथा लगभग २५हजार अभिभावकहरूले अवलोकन गर्ने अनुमान गरिएको वताए । अनौपचारिक खेलहरू मंसिर १८ गतेदेखि नै सुरु भए पनि मंसिर २० गते शुक्रबार कार्यक्रमको औपचारिक रुपमा पोखरा रङ्गशालामा उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।

शिक्षाका राष्ट्रिय तथा तहगत उद्देश्य प्राप्तिका लागि निरन्तर सक्रिय रहदै विश्वब्यापी महामारी कोभिड–१९का कारण विद्यालयमा संचालन हुने विभिन्न खेलकुद लगायतका अति आवश्यक कार्यक्रमहरु नहुदा विद्यार्थीहरुको बौद्धिक, शारीरिक एवं विभिन्न पक्षहरूको सकारात्मक विकासमा ह्रास आएको अवस्थामा विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि यसै गौरवमय इतिहासलाई निरन्तरता दिँदै यस वर्ष “एन प्याब्सन कास्कीको मान्यता : विद्यालय शिक्षामा खेलकुदको अपरिहार्यता” भन्ने मूल नाराका साथ  यस संस्थाले ‘१३औँ नेसनल प्याब्सान खेलकुद महोत्सव–२०७९’ सञ्चालन गर्न गइरहेको जानकारी दिइएको हो । 

पोखरा महानगरपालिका खेलकुद समिति, जिल्ला खेलकुद विकास समिति कास्की, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति लगायत सम्पूर्ण खेलकूद क्षेत्रका प्राविधिक तथा प्रशिक्षकहरूको विगतको सहयोगलाइ उच्च स्थानमा  राख्दै विद्यार्थीहरुको शारीरिक एवम् मानसिक विकासका लागि उनीहरूमा अनुशासन र मिहेनत गर्ने बानीको विकासका लागि तथा राष्ट्रले खोजेको भोलिको कर्णधार खेलाडी उत्पादन गर्ने राष्ट्रिय लक्ष्यलाई हातेमालो गर्ने उदेश्यले  खेलाइने सो खेलकुद महोत्सवमा  अनुमानित खर्च रु २० लाख देखि २५ लाखसम्म रहने अनुमान रहेको छ ।

कार्यक्रमलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको संयोजकत्वमा हेमन्त अधिकारी१९ सदस्यीय मूल समिति राजु के. सी.को संयोजकत्वमा सह–क्रियाकलाप उपसमिति मनकाजी गुरुङ्गको संयोजकत्वमा सचिवालय उपसमिति, प्रेमराज अधिकारी को संयोजकत्वमा प्रचार प्रसार उपसमिति , कमल बहादुर मल्ल को संयोजकत्वमा मार्चपास उपसमिति राजु के सी को संयोजकत्वमा फुटबल उपसमिति, शिवराज पौडेलको संयोजकत्वमा टेबुलटेनिस उपसमिति, राजु कायस्थ को संयोजकत्वमा बास्केटबल उपसमिति, प्रकाशराज वाग्ले को संयोजकत्वमा भलिबल उपसमिति, अर्जुन प्रसाद अधिकारी को संयोजकत्वमा व्याडमिन्टन उपसमिति केशवशरण पौडेलको संयोजकत्वमा एथलेटिक्स उपसमिति, लिला प्रसाद पराजुलीको संयोजकत्वमा स्वास्थ्य उपचार तथा खानेपानी व्यबस्थापन उपसमिति, सञ्जय पौडेल को संयोजकत्वमा मञ्च सजावट तथा खाना व्यवस्थापन उपसमिति, हेमन्त अधिकारीको संयोजकत्वमा न्यायिक छानविन तथा निर्णायक उपसमिति शिवदत्त तिवारी को संयोजकत्वमा पुरस्कार व्यवस्थापन उपसमिति युवक लामिछानेको संयोजकत्वमा शान्ति सुरक्षा व्यबस्थापन  उपसमितिहरूको निर्माण गरिएको छ । 

तपाईँको मत