गाउँ सहर

अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ। कृषि विकास बैंकका ग्राहकले अब बैंकको स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवाहरू सहजै नवीकरण गर्न सक्ने भएका छन्।

डिसहोम र कृषि विकास बैंकबीच उपलब्ध गराइएको यो सुविधामार्फत ग्राहकले डिसहोम इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टेलिभिजनको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा घरमै बसेर नवीकरण गर्न सक्नेछन्।

यस सुविधाले ग्राहकलाई सेवा नवीकरणका लागि छुट्टै भुक्तानी केन्द्र धाउनुपर्ने झन्झट कम गर्नुका साथै समय र श्रमको बचत गर्ने अपेक्षा गरिएको छ। ग्राहकले स्मार्ट प्लस मोबाइल एप प्रयोग गरी सहज रूपमा आफ्ना सेवाको निरन्तरता कायम राख्न सक्नेछन्।

डिसहोमले ग्राहकलाई सहज र सुविधाजनक सेवा प्रदान गर्ने उद्देश्यले विभिन्न विद्युतीय भुक्तानी माध्यमबाट सेवा नवीकरण गर्ने सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट नवीकरण गर्न सकिने सुविधासँगै ग्राहकले अन्य उपलब्ध विद्युतीय भुक्तानी माध्यमबाट समेत आफ्ना डिसहोम सेवाहरू नवीकरण गर्न सक्नेछन्।

डिजिटल माध्यमबाट सेवा नवीकरण गर्ने विकल्प विस्तार गर्दै ग्राहकलाई आफ्नो सुविधाअनुसार उपयुक्त भुक्तानी माध्यम छनोट गर्न सहज बनाउने दिशामा निरन्तर पहल भइरहेको डिसहोमले जनाएको छ।

थप जानकारीका लागि ग्राहकले डिसहोमको ग्राहक सेवा वा आधिकारिक डिजिटल माध्यममा सम्पर्क गर्न सक्नेछन्।

गाउँ सहर संवाददाता

तपाईँको मत