२४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- गाउँ सहर संवाददाता
- १३ कार्तिक शुक्रबार, २०८३ | ०७:२८:०० मा प्रकाशित
काठमाडौँ। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेषबाट उत्पन्न मौसमी प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। बिहीबार साँझदेखि काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा सुरु भएको वर्षा शुक्रबार बिहानसम्म पनि जारी छ।
रातभर निरन्तर वर्षा भएपछि जनजीवनसमेत प्रभावित भएको छ। चक्रवात कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि त्यसबाट आएको जलवाष्प र माथिल्लो वायुमण्डलको मौसमी प्रणालीबीचको अन्तरक्रियाका कारण नेपालमा वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्। यसको प्रभाव शुक्रबार र शनिबारसम्म रहने पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले शुक्रबार बिहान ६ः५३ बजे सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा काभ्रेपलाञ्चोकको रोशी मौसम मापन केन्द्रमा ३३ मिलिमिटर रेकर्ड भएको छ।
विभागका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ। त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ।
वर्षाको प्रभावका कारण विशेषगरी पहाडी तथा नदी आसपासका क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने देखिएको छ। वर्षा जारी रहेकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
चक्रवातको अवशेषबाट विकसित मौसमी प्रणालीको प्रभाव अझै कायम रहेकाले आगामी दुई दिनसम्म मौसममा बदली र वर्षाको सम्भावना रहने देखिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
प्रतिकृया दिनुहोस