सेयर बजारमा दाेहाेराे अंककाे हरियाली, लगानीकर्ता थाेरै उत्साहित
- गाउँ सहर संवाददाता
- ३० श्रावण सोमबार, २०७९ | १५:२६:०० मा प्रकाशित

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार उच्च अंककाे हरियाली छाएकाे छ । आइतबार दोहोरो अंकले घटेको नेप्से सोमबार भने करिब ५६ अंकले बढेको हो ।
आज नेप्से ५५.८८ अंकले बढेर दुई हजार ६५ दशमलब ८९ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा दुई अर्ब ४३ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये १८० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १० कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । सोमबार श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टीपर्पोज फाइनान्स र राधी विद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, सोमबार रिभरफल्स पावर कम्पनी, पञ्चकन्यामाई हाइड्रोपावर, अप्पर हेवाखोला हाइड्रोपावर, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र हिमालयन उर्जा विकास कम्पनीको पनि शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । यस्तै, आज सेन्ट्रल फाइनान्स कम्पनी, गोर्खाज फाइनान्स, आइसीएफसी फाइनान्स, युनिभर्सल पावर कम्पनी र दोर्दीखोला जलविद्युत कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
नेप्सेका अनुसार आज रिडी पावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज २१ करोड २ लाख भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
प्रतिकृया दिनुहोस