नेप्से परिसूचक ३३ अंकले बढ्दा सेयर बजार २७ सयमाथि
- गाउँ सहर संवाददाता
- ११ मङ्सिर मंगलबार, २०८१ | १६:४४:०० मा प्रकाशित

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ३३.४१ अंकले बढेसँगै सेयर बजारले २७ सय अंक पार गरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३३.४१ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २७१६ अंकमा पुगेको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३४ करोडको भएकोमा यस दिन ७ अर्ब ४४ करोडको कारोबार भयो ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ६ अर्ब ३४ करोड रुपैयाँ कारोबार भएकामा मंगलबार ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँ कारोबार भएको हो ।
आज २११ कम्पनीको सेयर मूल्य बढ्यो भने ३२ कम्पनीको मूल्य घट्यो । एक कम्पनीको मूल्य स्थिर रह्यो । ७५ हजार ५ सय ७२ पटकको सेयर किनबेचबाट १ करोड ४२ लाख ९२ हजार ७ सय ४२ कित्ता सेयर किनबेच भए ।
सबै उपसमूहहरू बढे । सबैभन्दा बढी जीवन बिमा, निर्जीवन बिमा, हाइड्रोपावर, फाइनान्स र ट्रेडिङ उपसमूहहरु बढेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलकाे पहिलाे संस्करणमा क्यानकाे मुनाफा २ कराेड ४६ लाख
- नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने
- साउन १५ खिर खाएर मनाइँने परम्परा
- ३ हजारबाट फर्कियाे नेप्से, १६ अर्ब ४४ करोडको काराेबार
- २५ अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
- बागमती कांग्रेसमा संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँदै
- सीतागढी टोलमा करेन्ट लागेर एक जनाको मृत्यु
- नागढुंगा–सिस्नेखोला सुरुङमार्ग- ९३ प्रतिशत भौतिक प्रगति
- उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गनुपर्नेमा कांग्रेस सभापतिकाे जोड
- हदबन्दीभन्दा बढी जग्गा कुनैपनि हालतमा विक्री गर्न नपाइने
प्रतिकृया दिनुहोस