नेप्से परिसूचक ३३ अंकले बढ्दा सेयर बजार २७ सयमाथि
- गाउँ सहर संवाददाता
- ११ मङ्सिर मंगलबार, २०८१ | १६:४४:०० मा प्रकाशित
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ३३.४१ अंकले बढेसँगै सेयर बजारले २७ सय अंक पार गरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३३.४१ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २७१६ अंकमा पुगेको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३४ करोडको भएकोमा यस दिन ७ अर्ब ४४ करोडको कारोबार भयो ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ६ अर्ब ३४ करोड रुपैयाँ कारोबार भएकामा मंगलबार ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँ कारोबार भएको हो ।
आज २११ कम्पनीको सेयर मूल्य बढ्यो भने ३२ कम्पनीको मूल्य घट्यो । एक कम्पनीको मूल्य स्थिर रह्यो । ७५ हजार ५ सय ७२ पटकको सेयर किनबेचबाट १ करोड ४२ लाख ९२ हजार ७ सय ४२ कित्ता सेयर किनबेच भए ।
सबै उपसमूहहरू बढे । सबैभन्दा बढी जीवन बिमा, निर्जीवन बिमा, हाइड्रोपावर, फाइनान्स र ट्रेडिङ उपसमूहहरु बढेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस