नेप्से परिसूचक २५.१६ अंकले घट्याे, काराेबार रकमकाे आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा
- गाउँ सहर संवाददाता
- २१ फाल्गुण बुधबार, २०८१ | १५:३४:०० मा प्रकाशित

काठमाडाैँ। बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। विगत दुई कारोबार दिनदेखि ओरालो लाग्दै आएको नेप्सेले बुधबार पनि त्यही प्रवृत्तिलाई निरन्तरता दिएको छ।
यस दिन नेप्से परिसूचक २५.१६ अंकले घटेर २८२१.१३ अंकमा झरेको छ। नेप्सेसँगै कारोबार रकम पनि खुम्चिएको छ। अघिल्लो कारोबार दिनमा करिब १३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको १ लाख १ हजार ६०३ पटकको कारोबारमा १० अर्ब ९७ करोड २६ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ४३ हजार कित्ता शेयर किनबेच भएको छ।
दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। समाज लघुवित्त वित्तीय संस्था र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा खरिदबिक्री भएको हो। त्यस्तै, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य करिब ९ प्रतिशतले उकालो लागेको छ। यता, कारोबारमा आएको ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सबैभन्दा धेरै ६.८४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको ९६ करोड ७० लाख ९५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। नेपाल पुनर्बीमा कम्पनीको करिब साढे ९० करोडको शेयर कारोबार भएको छ भने सगरमाथा जलविद्युत कम्पनीको करिब ३१ करोडको शेयर किनबेच भएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
प्रतिकृया दिनुहोस