निरन्तर रुपमा ओरोलो लागेको शेयरबजारमा उच्च अंकको वृद्धि, काराेबार रकम पनि बढ्याे, लगानीकर्तामा थाेरै चमक
- गाउँ सहर संवाददाता
- २५ जेठ बुधबार, २०७९ | १५:३२:०० मा प्रकाशित
काठमाडौँ । निरन्तर रुपमा ओरोलो लागेको शेयरबजारमा उच्च अंकको वृद्धि देखिएको छ । साताको तेस्रो दिन बुधबार नेप्से बढेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६०.२२ अंकले बढेर २ हजार ८० दशमलव ४४ बिन्दुमा पुगेको हो । आज बजार बढेसँगै कारोबार रकमा पनि सुधार आएको छ । बजारमा आज एक अर्ब ६४ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज १९३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २ वटा कम्पनीको शेयरमूल्य घटेको छ । नेप्सेका अनुसार आज ६ कम्पनीको शेयरमूल्य उच्च वृद्धि अंकले बढेर सर्किट लेभलमा पुगेका छन् । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा कालिका लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी र बलेफी हाइड्रोपावर कम्पनी रहेका छन् ।
उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २३३८.६० रुपैयाँ पुगेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५७३ रुपैयाँ, बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर २२४.२० रुपैयाँ कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता ११६० रुपैयाँ, तेह्रथुम पावर कम्पनीको शेयरमूल्य ९.४४ प्रतिशतले बढेर ४४९.८० रुपैयाँ र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.२८ प्रतिशतले बढेर १०८७ रुपैयाँ पुगेको छ ।
आज माउन्टेन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरको कम्पनीको भएको छ । यस कम्पनीको आज ५ करोड १२ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस