राजनीति

स्थानीय तहकाे निर्वाचनमा अहिलेसम्म देशभर कुन पदमा कति विजयी भए ?

स्राेतः निर्वाचन आयोग

काठमाडाैँ । देशैभर अहिलेसम्म विभिन्न पदहरूमा गरी २८९६० प्रतिनिधि विजयी भएकाे  निर्वाचन आयोगले बताएकाे छ ।

उसका अनुसार १८२ नगर प्रमुख, ४११ गाउँपालिका अध्यक्ष विजयी भएका छन् । त्यसैगरी उपप्रमुख १८१ र गापा उपाध्यक्ष ४१० जना विजयी भएका छन् ।

यस्तै ५८०९ वडाध्यक्ष, महिला सदस्यहरू ५८०३, दलित महिला सदस्य ५७०१ र ११५७३ जना सदस्यहरू चुनिएका छन् ।

गाउँ सहर संवाददाता