राष्ट्रियसभा निर्वाचनको मतपरिणाम साँझ ७ बजेसम्म सार्वजनिक गर्ने
- गाउँ सहर संवाददाता
- ११ माघ बिहीबार, २०८० | १६:०४:०० मा प्रकाशित
काठमाडौँ । राष्ट्रियसभा निर्वाचनको मतपरिणाम आज (बिहीबार) साँझ ७ बजेसम्म सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले साँझ ७ बजेभित्र सबै प्रदेशमा मतगणना सम्पन्न गरी आयोगले परिणाम सार्वजनिक गर्ने तयारी गरेको रातोपाटीलाई जानकारी दिए ।
प्रमुख आयुक्त थपलियाले भने,‘मतगणना सम्पन्न गर्ने आयोगको लक्ष्य आजै साँझ ७ बजेसम्म तय गरेका छौँ । ७ बजेसम्म निर्वाचनको परिणाम सार्वजनिक गर्ने हाम्रो तयारी रहेको छ । मतगणना स्थलमा पनि छिटो गणना सम्पन्न गर्छौ भनेका छन् । ७ बजे भनेपनि ढिलोमा साढे ७ होला तर भोलि हुँदैन ।’
राष्ट्रियसभाको १९ सिटका लागि बिहीबार भएको निर्वाचन दिउँसो ३ बजे सम्पन्न भएको छ । ७ प्रदेशमा रहेको मतदान केन्द्रमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको आयोगले जनाएको छ । राष्ट्रिय सभामा १९ पदका लागि ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस