महानगरपालिकामा अब काठमाडाैँमात्र बाँकी, कांग्रेसले ३२४ स्थानमा प्रमुख/अध्यक्ष जित्याे
- गाउँ सहर संवाददाता
- ११ जेठ बुधबार, २०७९ | ०६:२९:०० मा प्रकाशित
काठमाडौँ । स्थानीय निर्वाचनका मतपरिणाम लगातार सार्वजनिक भइरहँदा अब महानगरमा काठमाडौँमात्र रहेको छ । अन्य ५ महानगरको मतपरिणाम सार्वजनिक भइसकेका छन् । सार्वजनिक मतपरिणामनुसार पोखरामा धनराज आचार्य, भरतपुरमा रेनु दाहाल, ललितपुरमा चिरीबाबु महर्जन, वीरगन्जमा राजेशमान सिंह र विराटनगरमा नागेश कोइरालाले जित हाता पारेका छन् ।
बाँकी काठमाडौँ महानगरमा मतगणना चलिरहेको छ । स्वतन्त्रका वालेन्द्र शाह ९वालेन० ले उचो अग्रता लिएकै छन् । उनले ५२ हजार २ सय ५१ मत ल्याउँदा दोस्रोमा रहेकी कांग्रेसकी सिर्जना श्रेष्ठले ३२ हजार ८२२ मत ल्याएकी छन् ।
यस्तै उपप्रमुखमा एमालेकी सुनिता डंगोलले ४६ हजार ३४७ मत ल्याएर अग्र स्थानमा छिन् ।
पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसले ३२४ स्थानको प्रमुखरअध्यक्ष जितिसकेको छ । दोस्रोमा एमाले र तेस्रोमा माओवादी केन्द्रले जित हासिल गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस