नेपाली कांग्रेसले १०८ स्थानमा अध्यक्ष/प्रमुख जीत, २०७ स्थानमा अग्रता; उपाध्यक्ष/उपप्रमुखमा पनि उसकै दबदबा
- गाउँ सहर संवाददाता
- ३ जेठ मंगलबार, २०७९ | ०६:१४:०० मा प्रकाशित

काठमाडौँ । मतगणना सुरु भएका विभिन्न स्थानमा शिर्ष पदमा अहिले नेपाली कांग्रेस अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले १०८ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने २०७ स्थानमा अग्रता लिएकाे छ ।
एमालेले ६३ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने १२१ स्थानमा अग्रता लिएकाे छ । माओवादी केन्द्रले ५१ स्थानमा जितेकाे र ६५ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले ४ स्थानमा जितेकाे र १८ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले ७ स्थानमा विजय हासील गरेकाे छ भने २१ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले २ स्थानमा जितेकाे छ भने २७ स्थानमा र लाेसपाले ११ स्थानमा अग्रता लिएका छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले १०४ ठाउँमा जीत र १७६ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले ६४ ठाउँमा जीत र १४५ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले ४७ स्थानमा जीत र ८५ स्थानमा अग्रता लिइरहेकाे छ । अन्यले ४ जीत र १४ अग्रता लिएका छन् । एकीकृत समाजवादीले ९ स्थानमा जीत र १६ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा ३ स्थानमा जीत र २६ स्थानमा अग्रतामा छ । अन्यले ४ जीत र १४ स्थानमा अग्रता लिएकाे छ । उता लाेसपाले ९ स्थानमा अग्रता मात्रै लिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस