स्थानीय निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशन : सभापति थापा
- गाउँ सहर संवाददाता
- १७ माघ शनिबार, २०८२ | १२:१२:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय र प्रदेशसभा निर्वाचनअघि पार्टीको १५औँ महाधिवेशन गर्ने प्रतिवद्धता जनाएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ मा शनिबार आयोजित चुनाव लक्षित कार्यक्रममा बोल्दै थापाले उम्मेदवार छनोटको पुरानो अभ्यास अन्त्य हुने दाबी समेत गरेका छन् ।
‘अब स्थानीय र प्रदेशको चुनाव अघिनै पार्टीको अधिवेशन हुनेछ, अधिवेशनबाट चुनिएको कार्यसमितिले उम्मेदवारको टिकट प्राइमरी इलेक्सनबाट वडाका साथीहरूले छान्नुहुन्छ,’ उनले भने ।
टिकटका लागि अब पार्टी नेतृत्व रिझाउनुपर्ने राजनीतिक संस्कारको अन्त्य भएकोमा कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे ।
‘यो बदलिएको कांग्रेस हो, यहाँ पार्टी सभापतिको अँध्यारो कोठामा कोहीसँग पनि अप्राकृतिक सम्बन्ध हुँदैन,’ उनले भने ।
सभापति थापाले कांग्रेसभित्र गुटबन्दी र ६०/४० को भागबण्डा समाप्त भएको दाबी गर्दै समान व्यवहारको सिद्धान्तमा पार्टी अघि बढ्ने बताए ।
‘सुधारिएको कांग्रेस पार्टीमा अब कुनै गुट छैन, कांग्रेसले पार्टीभित्र पनि भागबण्डा गर्दैन, बाहिर पनि गर्दैन, सबैलाई समान व्यवहार गर्नेगरी पार्टी चल्छ,’ उनले भने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
प्रतिकृया दिनुहोस