नेप्से सूचक ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा
- गाउँ सहर संवाददाता
- २९ मङ्सिर बुधबार, २०७८ | १५:५०:०० मा प्रकाशित
काठमाडाैं । बुधबार बजार खुल्नेवित्तीकै ७० अंकले बढेको बजार अन्तिममा ४ अंकले घटेर बन्द भएको छ । कारोबार समयभरी नै उतारचढाव देखिएको बुधबारको बजारमा कारोबार रकम भने बढेको छ ।
याे दिन नेप्से सूचक ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ०.८९ अंकले घटेको छ ।
मंगलबार एकाएक १३७ अंकले बढेको नेप्से सूचकले बुधबार त्यो बढाइलाई निरन्तरता दिन सकेन । सुरुवाति समयमा नेप्से सूचक बढेको भए पनि बिक्री चाप बढ्दा नेप्से पुनः ओरालो लागेको हो।
बुधबार ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७७ रुपैयाँ बराबरको ९८ लाख ७९ हजार १०९ कित्ता शेयर खरिद बिक्री भएको नेप्सेले जनाएकाे छ ।
बुधबार सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ भने दिव्यश्वरी हाइड्रोपावरको ७.७८ प्रतिशत, आँखुखोला हाइड्रोपावरको ७.७४ प्रतिशत, आइसीएफसी फाइनान्सको ६.६१ प्रतिशत र बेष्ट फाइनान्सको ६.५३ प्रतिशतले बढेको छ ।
यता नयाँ सारथी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५.३४ प्रतिशतले घटेको छ भने जानकी फाइनान्सको ३.७७ प्रतिशत, मञ्जुश्री फाइनान्सको ३.४३ प्रतिशत र युनिलिभर नेपालको ३.१७ प्रतिशतले घटेको छ ।
बुधबारको बजारमा महालक्ष्मी विकास बेंकको सबैभन्दा धेरै १६ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेश्नल हाइड्रोपावरको १५ करोड ८४ लाख, अपि पावरको १३ करोड ८८ लाख, नबिल बैंकको १३ करोड २९ लाख र हिमालयन डिस्टिलरीको १२ कराेड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयाे ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमा ८ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ५ उपसमूहको सूचक नकारात्मक देखिएको छ। यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.२० प्रतिशतले बढेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस