राजनीति
राप्रपा महाधिवेशनमा मतपत्र र भोटिङ मेसिन दुवै प्रयोग गरिने
- गाउँ सहर संवाददाता
- १६ मङ्सिर बिहीबार, २०७८ | १४:१३:०० मा प्रकाशित
काठमाडाैं । काठमाडौंकाे भृकुटीमणडपमा जारी राप्रपा महाधिवेशनमा नेतृत्व चयनका लागि मतपत्र र भोटिङ मेसिन प्रयोग गरिने भएको छ ।
बुधबारबाट सुरू भएको महाधिवेशनको बन्दसत्र चलिरहेको छ । नेतृत्व चयनका लागि दुवै मतपत्र र मेसिन प्रयोग गरिन लागेका राप्रपाका युवा नेता तथा अधिवक्ता सुजित केसीले जानकारी दिएका छन् ।
केसीका अनुसार अध्यक्ष पदमा मतपत्र र बाँकी पदको निर्वाचनमा मेसिन प्रयोग गरिन लागेको हो ।
अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको औपचारिक उम्मेदवारी घोषणा भएको छ ।
महाधिवेशन सुरू भएको दोस्रो दिन भइसक्दा पनि प्रतिनिधिको टुंगो लागिसकेको छैन ।
शीर्षनेता र निर्वाचन समितिका प्रतिनिधि बसेर महाधिवेशन प्रतिनिधिको नामावली टुंगो लगाउने प्रयास भइरहेको नेता केसीले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस