दिगोविकास

रास्वपाको पहिलो महाधिवेशन असार ७-९ मा चितवनमा

  • ३० बैशाख बुधबार, २०८३ | १२:०३:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बुधबार बसेको कार्यसमिति बैठकले प्रथम अधिवेशनको मिति तय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए । रास्वपा २०७९ साल असार ७ गते स्थापना भएको थियो । 

अधिवेशनको तयारीका लागि सभापतिको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी गराए ।

रास्वपाले समिति गठन नभएका वडाको भेला जेठ २ गते बोलाएको छ । बैशाख २० गते अघि वडा समिति गठन भइसकेका स्थानको वडा अधिवेशनको मिति जेठ ३ गतेका लागि तोकिएको छ ।

तदर्थ समिति गठन नभएका पालिकाहरुको भेला जेठ ९ गतेका लागि समय निर्धारण गरिएको छ ।

बैशाख २५ गते अघि पालिका समिति गठन भइसकेका स्थानको अधिवेशनको समय जेठ १० गतेका लागि तोकिएको छ ।

जेठ ३ गतेसम्म वडा समिति बनेका स्थानको अधिवेशन जेठ १६ गतेका लागि तोकिएको छ । जेठ १० गतेअघि पालिका समिति बनेकाहरुको हकमा पालिका अधिवेशन जेठ १७ को लागि तोकिएको छ ।

जेठ २३ र २४ गते जिल्ला अधिवेशन हुने निर्णय यसअघि सचिवालय बैठकले गरेको थियो ।

तपाईँको मत