राजनीति

जुम्लाबाट ज्ञानेन्द्र शाही लगातार दोस्रो पटक विजयी, जाेगाए राप्रपाकाे अस्तित्व

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एकमात्रै क्षेत्र रहेको जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् ।

यस जितसँगै राप्रपाले यो निर्वाचनमा पहिलो जित निकालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सुनामी चलेका बेला शाहीको जितसँगै अब संसद्मा राजा र हिन्दु राष्ट्रको एजेन्डा बोल्ने उनी मात्रै हुने भएका छन् ।

पछिल्लो समय राप्रपाका अन्य सबै उम्मेदवार पराजित या पराजयको मुखमा पुगिसकेका छन् । झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन रास्वपाका प्रकाश पाठकसँग १८ हजार मतले पछि परेका छन् ।

उता काठमाडौं १ मा रवीन्द्र मिश्र र काठमाडौं ५ मा कमल थापाले पनि फराकिलो पराजय भोगिसकेका छन् । मकवानपुर १ मा रास्वपाको आँधी चल्दा राप्रपाका दीपक सिंह पाँचौँ स्थानमा छन् ।

शनिबार दिउँसो सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार शाहीले राप्रपाको बिउ जोगाउँदै १४ हजार ६५ मत प्राप्त गरे।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारी ११ हजार १२३ मतमा समेटिए। शाहीले भण्डारीलाई दुई हजार ९४२ मतान्तरले हराएका हुन् ।

तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले ६ हजार ६६४ मत पाए। नेकपा (एमाले) का उम्मेदवार शान्तीलाल महतले ४ हजार २८८ मत ल्याए ।

तर यहाँ सबैभन्दा दुर्भाग्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विनिता कठायतको भयो । देशभर रास्वपाको सुनामी चल्दा उनी केबल ३९८ मतमा समेटिइन् । रास्वपा उम्मेदवारका रुपमा उनको यो सबैभन्दा लज्जास्पद हार हो ।

हजार मत पनि कटाउन नसकेका कारण उनको जमानत जफत भएको छ। कठायत यसअघि रास्वपाबाट समानुपातिक सांसद थिइन्। तर यस पटक उनले जुम्लामा रास्वपाको सुनामीलाई पुर्‍याउन नसक्दा लज्जास्पद पराजय भोगिन् ।

काठमाडाैं । जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उम्मेदबार ज्ञानबहादुर शाहीले पार्टी जितको खाता खोलेका छन् । प्रतिनिधि सभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ पहिलो खाता खालेको हो । शाहीले १४ हजार ८१६ मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिष्पर्धी नेकपाबाट नरेश भण्डारीले ११ हजार ६३५ मत ल्याए ।

तेस्रो स्थानमा रहेका कांग्रेसका दिपबहादुर शाही ७ हजार १४३, एमालेका उम्मेदवार शान्तिलाल महतले ४ हजार ५१८ मत पाउँदा रास्वपाकी विनिता कठायतले ४२१ मत पाएकी छिन् । यो निर्वाचनमा राप्रपा प्रत्यक्षतर्फ एक सीटमै खुम्चिने देखिएको छ । १६५ क्षेत्रमै उम्मेदवारी दिएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका उम्मेदवार प्रतिष्पर्धाबाट बाहिर छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत