यी हुन् राप्रपाले सिफारिस गरेका चार समानुपातिक सांसद
- गाउँ सहर संवाददाता
- १ चैत आइतबार, २०८२ | १६:३८:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातितर्फका चार सांसदको नाम टुङ्गो लगाएको छ । आज बसेको कार्य सम्पाद समितिको वैठकले समानुपातिकका चार सांसदको नाम टुङ्ग्याएको हो ।
पार्टी कार्यालयमा बसेको वैठकले खस–आर्यतर्फ भरत गिरी, मुस्लिम पुरुषबाट ताहिर अली खस–आर्य महिलाबाट खुश्बु ओली र जनजाति महिलाबाट सरस्वती लामालाई समानुपातिक सांसद छनोट गरेको छ । छनोट गरिएको सूची आजै निर्वाचन आयोगको कार्यालयलाई बुझाइने जनाएको छ । राप्रपाबाट एक जना उम्मदवार मात्र प्रत्यक्षमा निर्वाचित भएका छन् ।
यसैबीच सबैजसो दलहरुले समानुपातिक सांसद छान्ने प्रक्रिया टुङ्गो लगाउँदैछन् । नेकपा एमालेले यसअघि नै १६ समानुपातिक सांसद छानिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज नै ५७ जना समानुपातिक सांसदको टुङ्गो लगाएको छ । श्रम सँस्कृतिले पनि चार जना समानुपातिक सांसद छानिसकेको छ । नेपाली कांग्रेसले पनि आजै १५ महिला र पाँच पुरुषसहित २० समानुपातिक सांसद छानेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि आजै नौं जना समानुपातिक सांसद छनौट गर्दैछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
प्रतिकृया दिनुहोस