लैङ्गिक हिंसाविरुद्वको १६ दिने अभियान आजदेखि सुरु
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर बिहीबार, २०७८ | ०६:३९:०० मा प्रकाशित

काठमाडौं । लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान आजदेखि शुरु भएको छ ।
‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ बिहीवार आजदेखि शुरू भएकाे हाे ।
७५ प्रतिशत हिंसा घर, नजिकका आफन्तबाट हुने गरेको पाइएकोले मूल नारा ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ राखिएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताइन् । हिंसामा परेकाहरुले न्याय पाउन सुनिश्चित नभएको र घर परिवारसँग सम्बन्ध बिग्रिन्छ भन्ने डरले महिलाहरु हिंसा उजुरी गर्न समेत नआउने बताइन् ।
बुधबार कार्यक्रमबारे जानकारी दिँदै आयोगकी अध्यक्ष पराजुलीले विश्व अपाङ्गता दिवस (डिसेम्बर ३) को अवसर पारेर अपाङ्गता भएका महिलाहरुको हक अधिकार संरक्षणका विषयमा सरोकारवाला निकायबीच अन्तरक्रिया गर्ने, नेपाल पक्ष रहेका महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी सीड तथा अन्य अन्तरराष्ट्रिय दस्तावेजहरुको कार्यन्वयन सम्बन्धी अन्तरक्रिय गर्ने, समाजमा विद्यमान छाउपडी कूप्रथा, बालविवाह, दाईजो लगायत कूप्रथा अन्त्यका लागि कर्णाली, सुदूरपश्चिम प्रदेश तथा मधेश केन्द्रित अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको बताइन् ।
त्यस्तैगरी योगमायाले नेपाली महिला आन्दोलनको शंखघोष गरेको भोजपुरको मझुवाबेसी तथा संखुवासभाको तुम्लिङटारमा लैंगिक हिंसा विरुद्धको अन्तरक्रियात्मक कार्यक्रम, बालविवाह, प्रजनन स्वास्थ्य गर्भपतनको विषयमा सचेतनामूलक कार्यक्रम (अन्तरराष्ट्रिय मर्यादित महिनावरी दिवस) गर्ने जनाएको छ ।
कार्यक्रममा आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले लिङ्ग पहिचान गरि भ्रूण हत्या, साइबर क्राइम अहिले बढ्दै गएको बताइन् । उनले भनिन्, ‘अहिले भ्रूण हत्या, साइबार क्राइमजस्ता अपराध बढेको देखिन्छ ।’ साथै कोरानाको कारण भएको बन्दाबन्दीको समयमा शैक्षिक संस्था नखुल्दा विद्यार्थीहरु अनलाइन हिंसामा परेको उनको भनाइ छ ।
२०७५ साल मंसिर २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा मंसिरको ९ गतेदेखि २४ गतेसम्म सामाजिक सचेतनासहित लैंगिक हिंसा विरुद्धको अभियान सञ्चालन गर्न संघीय सरकारका मन्त्रालय तथा निकायहरु, ७ वटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह एवं त्यसका वडाहरु सरोकारवाला निकायहरु, सामाजिक संघसंस्थाहरुलाई आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सबै निकायहरुले विभिन्न कार्यक्रमको आयोजना गरी लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सञ्चालन गर्दै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस