लैंगिक हिंसा प्रभावित बस्तीहरुमा उजुरी प्रक्रियाबारे २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
- गाउँ सहर संवाददाता
- २४ कार्तिक आइतबार, २०७६ | २०:५९:०० मा प्रकाशित
जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिका वडा नं.३ यदुकूहामा २ दिने लैंगिक हिंसा प्रभावित बस्तीहरुमा उजुरी प्रक्रियाबारे अभिमुखिकरण कार्यक्रम बिहिबार समपन्न भएको छ ।
लैंगिक लैंगिकता लैंगिक विभेद, लैंंगिक हिंसा के हो, लैंगिक हिंसाका स्वरुप र हिंसा कारणहरु र लैंगिक हिंसाका असरहरु बारेमा महिला संजाल धनुषाको प्रतिनिधि सुभद्रा आलेले जानकारी दिए ।
त्यसैगरी एड्भोकेसी फोरमका अध्यक्ष अधिवक्ता पवन कुमार झाले लैंगिक समानता सम्बन्धि संवैधानिक व्यवस्था, बालविवाह वहुविवाह, घरेलु, महिलामाथि हुने हिंसा लैंगिकतामा आधारित हिंसाको सवालमा भएको कानुनी प्रावधान तथा नयाँ कानुनी, कानुनी उपचार र उजुरी गर्ने निकाय बारे प्रष्ट पारेका थियो भने न्यायिक समितिका सल्लाहकार हलखोरी यादवले न्यायिक समितिको काम कर्तव्य र सेवाको विषयमा जानकारी दिएका थिए ।
सो कार्यक्रममा ईलाका प्रहरी कार्यलय यदुकूहाको प्रहरी निरिक्षक दिपक बाबु केसीले लैंगिक हिंसा न्यूनीकरणमा शुरक्षा निकायको प्रभावकाली भुमिका तथा सेवा बारे जानकारी दिँदै उनले अन्तिम शत्रमा केही समय प्रहरीलाई बोलाएर यो सेसन संचालन गर्ने गरेका थियो ।
समग्र जन उत्थान केन्द्र लाहन, भिएसओ, इन्टरनेसनल अलर्टको सहयोगमा भएको कार्यक्रमलाई व्यवस्थापन र सहजीकरण बलिराम कापरीले गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
प्रतिकृया दिनुहोस