बर्दियामा छ महिनामा १७६ वटा लैंगिक हिंसासम्बन्धी घटना
- गाउँ सहर संवाददाता
- १२ असार मंगलबार, २०७५ | १०:४२:०० मा प्रकाशित
बर्दिया । ओरेक नेपाल बर्दियाले छ महिनामा भए गरेका जिल्लाका १७६ वटा लैंगिक हिंसासम्बन्धी घटना सार्वजनिक गरेको छ ।
बर्दिया जिल्लामा रहेका विभिन्न गैरसरकारी संघ संंस्थाले विभिन्न क्षेत्रमा काम गरिरहेका अवस्थामा दुई वर्षदेखि बर्दिया जिल्लामा लैंगिक हिंसाविरुद्ध सक्रियरुपमा काम गर्दै आइरहेका ओरेक नेपाल नामक संस्थाले यस्तो प्रतिवेदन सोमबार सार्वजनिक गरेको हो ।
ओरेक नेपाल बर्दिया र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका पैरवी सञ्जाल परियोजनाअन्तर्गत लैंगिक हिंसा तथा हानिकारक परम्परागत अभ्याससम्बन्धी सञ्चारकर्मीसँग छलफल कार्यक्रममा सो जानकारी दिइएको हो ।
सन् २०१८ जनवरीदेखि जुनसम्मका ती घटना सार्वजनिक भएको हो । घरेलु हिंसामा कुटपिट घरनिकाला बेवास्ता गाली गलौजका १११ वटा घटनामध्ये ८५ वटा घटनामा पुनःस्थापना गरिएको ओरेक नेपाल बर्दियाकी संयोजक शर्मिला निरौलाले बताए ।
बर्दिया जिल्लामा छ महिनाको अवधिमा जबर्जस्ती करणीका सात वटा घटना घटेका छन् जसमा बालिका १४ वर्षमुनिको तीन जना, पाँच वर्षमुनिको एक जना महिला दुई जना र ७५ वर्षको एक जना रहेको जनाइएको छ । कतिपय घटना गाउँ समाजमै मिलाउने गरेको, कानूनका बारेमा अनभिज्ञ रहेको एवं आफ्नो घटना खुलाउन नचाहने हुँदा पनि अपराधीले झन् प्रश्रय पाउने गरेको जानकारी दिए ।
छ महिनाको अन्तरालमा जिल्लामा १७६ वटा घटना हुनु भनेको निक्कै चिन्ताजनक र गम्भीर समास्याको रुपमा रहेको हुँदा यसमा सबै पक्ष दरिलो भई अपराधीलाई कानूनी दायरामा ल्याई कानूनी सजाय दिन जरुरी रहेकोमा सहभागीले जोड दिएका थिए ।
जिल्ला संयोजक निरौलाले यौन दुव्र्यहारका ११ वटा, वैदेशिक रोजगारीमा बेचबिखनका दुईवटा, वैवाहिक बलात्कार पाँच वटामध्ये एउट दर्ता भएको, बालविवाहका ३६ वटा, सामाजिक सञ्जालमार्फत भएका हिंसा दुईवटा र अवैध गर्भधारणका दुईवटा घटना भएको बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस