गाउँ सहर

एमालेकाे अध्यक्षमा भीम रावलले उम्मेदवारी घोषणा गर्दै

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष भीम रावलले आउँदो १० औँ महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

उनले आइतबार एक कार्यक्रमका बीच अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगी एकीन्द्र कुँवरले जानकारी दिएका छन् । यसअघि आफ्नो गृह जिल्लामा पुगेर रावलले एमाले अध्यक्षमा लड्ने बताएका थिए ।

‘नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलको उम्मेदवारी घोषणा गर्न विशेष पत्रकार सम्मेलन आयोजना हुने भएकाले सम्पूर्ण संचारकर्मीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ,’ उनले भने ।

हारजितको कुनै चिन्ता नरहेको भन्दै उनले नतिजा जे आएपनि आफू अध्यक्षमा लड्ने बताएका थिए ।

उपाध्यक्ष रावलले उम्मेदवारी दिने घोषणा गरेसँगै केपी शर्मा ओली सर्वसम्मत अध्यक्ष बन्ने बाटो रोकिने भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत