गाउँ सहर
एमालेकाे अध्यक्षमा भीम रावलले उम्मेदवारी घोषणा गर्दै
- गाउँ सहर संवाददाता
- ५ मङ्सिर आइतबार, २०७८ | १४:१६:०० मा प्रकाशित
काठमाडौं । नेकपा एमाले उपाध्यक्ष भीम रावलले आउँदो १० औँ महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।
उनले आइतबार एक कार्यक्रमका बीच अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगी एकीन्द्र कुँवरले जानकारी दिएका छन् । यसअघि आफ्नो गृह जिल्लामा पुगेर रावलले एमाले अध्यक्षमा लड्ने बताएका थिए ।
‘नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलको उम्मेदवारी घोषणा गर्न विशेष पत्रकार सम्मेलन आयोजना हुने भएकाले सम्पूर्ण संचारकर्मीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ,’ उनले भने ।
हारजितको कुनै चिन्ता नरहेको भन्दै उनले नतिजा जे आएपनि आफू अध्यक्षमा लड्ने बताएका थिए ।
उपाध्यक्ष रावलले उम्मेदवारी दिने घोषणा गरेसँगै केपी शर्मा ओली सर्वसम्मत अध्यक्ष बन्ने बाटो रोकिने भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस