गाउँ सहर

सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा भुवन पोखरेलको उम्मेदवारी, नेतृत्वका लागि बलियो दाबी

काठमाडौं । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक अन्तर्गत डिष्ट्रिक्ट ३२५ ‘ई’ नेपालका सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदका लागि लायन भुवन पोखरेल (PMJF) ले औपचारिक रूपमा उम्मेदवारी घोषणा तथा दर्ता गरेका छन्।

बिहीबार लायन्स क्लब अफ काठमाडाैं बाैद्धको आयोजनामा सम्पन्न विशेष तथा भव्य कार्यक्रममा उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

हाल दोस्रोपटक डिष्ट्रिक्ट सेक्रेटरीको महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका पोखरेलले आफ्नो उम्मेदवारीसँगै लायन्स अभियानलाई अझ प्रभावकारी, पारदर्शी, समावेशी र जनमुखी बनाउने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रम लायन्स क्लब अफ काठमाडाैं बाैद्धकी प्रेसिडेन्ट धातृका लुइटेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपस्थित विभिन्न लायन्सका डिष्ट्रिक्ट तहका लिडर, क्लबका लिडर तथा लियो क्लबका प्रतिनिधिहरूले पोखरेलको उत्कृष्ट नेतृत्व क्षमता, दीर्घ अनुभव र समाजसेवाप्रतिको उच्च समर्पणको खुलेर प्रशंसा गर्दै उनलाई आगामी नेतृत्वका लागि अत्यन्त उपयुक्त, सक्षम र भरोसायोग्य व्यक्तित्वका रूपमा समर्थन जनाएका छन्। उनीहरूले एकजुट भएर पोखरेललाई विजयी बनाउन सक्रिय भूमिका खेल्ने दृढ प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरणमा पोखरेलकै होम क्लब लायन्स क्लब अफ काठमाडाैं बाैद्धले उनलाई औपचारिक रूपमा उम्मेदवारका रूपमा अघि सारेको थियो। कार्यक्रममा लायन प्रमिला पोखरेलले स्वागत मन्तव्य राखेकी थिइन् भने लायन युवराज सापकोटाले उम्मेदवारलाई प्रस्तुत गर्दै उहाँको प्रेरणादायी जीवन यात्रा, सामाजिक कार्यमा सक्रिय संलग्नता तथा लायनिज्ममा पुर्‍याएको महत्वपूर्ण योगदानबारे विस्तारमा जानकारी दिएका थिए। कार्यक्रमको सञ्चालन लायन उद्धव सापकोटाले गरेका थिए भने धन्यवाद ज्ञापन मेघराज पोखरेलले गरेका थिए।

उम्मेदवार पोखरेलले आफू केवल पद प्राप्तिका लागि नभई जिम्मेवारी बहन गर्ने स्पष्ट उद्देश्यका साथ उम्मेदवारी घोषणा गरेको बताएका छन्। साथै लायनिज्मका अन्तर्राष्ट्रिय मूल्य–मान्यता, नाराहरू तथा डिष्ट्रिक्ट गभर्नरले अघि सारेको मार्गदर्शनलाई आत्मसात् गर्दै परिणाममुखी र प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले आफ्नो उम्मेदवारी कुनै व्यक्तिविरुद्ध नभई सेवाभावी हातहरूको एकता, पारदर्शिता, सहकार्य र लायनिज्मलाई अझ व्यापक, सशक्त र प्रभावकारी बनाउने अभियानका रूपमा लिएको स्पष्ट पारेका छन्।

उम्मेदवारको घोषणा र परिचयपछि दोस्रो चरणमा पोखरेलले सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका थिए। निर्वाचन समितिका संयोजक टंकबहादुर श्रेष्ठ समक्ष उनले आफ्नो उम्मेदवारी पेश गरेका हुन्।

उम्मेद्वारी दर्तापछि  डिस्ट्रीक्ट गभर्नर हिराप्रसाद गुप्ता पिएमजेएफ, पूर्व गभर्नर तथा मल्टिपल काे-अर्डिनेटर हरिप्रसाद दाहाल पिएमजेएफ, फस्ट भाइस डिस्ट्रीक्ट गभर्नर श्यामकुमार यादब पिएमजेएफ, सेकेण्ड भाइस डिस्ट्रीक्ट भगर्नर विमल कुमार श्रेष्ठ एमजेएफ, मल्टिपल चियरपर्सन रूबयनाथ काेइरला, पूर्वगभर्नर कर्ण गुरूङ पिएमजेएफ, पूर्वगभर्नर टंकबहादुर श्रेष्ठ पिएमजेएफ, क्याबिनेट ट्रेजरर लायन गाेविन्द चाैलागाइ लगायत विभिन्न क्लबका प्रेसिडेन्ट तथा अफिसरहरूले शुभकामना व्यक्त गरे । 

यसअघि लायन्स क्लब अफ काठमाडौं लिडरसिप फर चेन्जबाट लायन राजन श्रेष्ठ (PMJF) ले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्। आगामी वैशाख १२ गते हुने निर्वाचनबाट लायन वर्ष २०२६/२७ का लागि डिष्ट्रिक्ट ३२५ ‘ई’ ले गभर्नर, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर र सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर चयन गर्नेछ।

लायन्स क्लब विश्वकै सबैभन्दा ठूलो सामाजिक संस्थामध्ये एक हो, जसले मानव सेवा, स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा निरन्तर उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।

को हुन् भुवन पोखरेल ?

लायन्स क्लब अफ काठमाडौं बौद्धले लायन वर्ष २०२६/२७ का लागि सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा भुवन पोखरेललाई अत्यन्त योग्य र सक्षम उम्मेदवारका रूपमा अघि सारेको छ।

सामाजिक कामसँगे विभिन्न क्षेत्रमा संलग्न रहेका स्थायी रूपमा झापा भद्रपुर–७ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ–१०, कपनमा बसोबास गर्दै आएका पोखरेल केन्पो खुकुरी मार्सल आर्ट काठमाडौं जिल्ला अध्यक्षका रूपमा समेत सक्रिय रहेका छन् ।

शैक्षिक रूपमा उहाँले त्रिविबाट अंग्रेजी विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर तथा लुम्बिनी बुद्धिजम विश्वविद्यालयबाट बौद्ध अध्ययन तथा शान्ति (MBPS) विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्, जसले उनलाई बौद्धिक रूपमा समेत सुदृढ नेतृत्व प्रदान गरेको छ।

व्यावसायिक तथा सामाजिक क्षेत्रमा समेत उहाँको प्रभावशाली उपस्थिति रहेको छ। उनी शिवम् इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. र नोभा फुड एण्ड ब्रेभरी प्रा.लि.का निर्देशक, Disable Welfare Association Hope Center का सचिव, Renaissance SACOS का संस्थापक तथा प्रबन्ध निर्देशक, Majestic Himalaya Treks and Expedition Pvt. Ltd. का संस्थापक तथा वित्त निर्देशक, Himalayan Investment Forum का अध्यक्ष हुनुका साथै रियल स्टेट तथा सेयर बजारका सफल लगानीकर्ता र विभिन्न बैंक तथा कम्पनीहरूमा प्रवर्द्धक तथा सेयरधनीका रूपमा सक्रिय रहेका छन् ।

लायन्स यात्रामा समृद्ध योगदान

पोखरेलको लायन्स यात्रा 2016–17 मा Lions Club of Kathmandu Boudha का चार्टर्ड सेक्रेटरीबाट सुरु भई निरन्तर उचाइतर्फ अग्रसर रहेको छ। त्यसपछि उनले 2017–18 मा सेक्रेटरी, 2018–19 मा फस्ट भाइस प्रेसिडेन्ट, 2019–20 मा प्रेसिडेन्ट, 2020–21 मा जोन चेयरपर्सन, 2021–22 मा इम्प्याक्ट एरिया चीफ, 2022–23 मा GMT डिष्ट्रिक्ट कोअर्डिनेटर, 2023–24 र 2025–26 मा डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी तथा 2024–25 मा चीफ काउन्सिलर जस्ता महत्वपूर्ण जिम्मेवारीहरू अत्यन्त सफलतापूर्वक निर्वाह गर्नुभएको छ।

उनको सक्रिय पहलमा काठमाडौं नामो बुद्ध, पाटन हेरिटेज, ललित मण्डला तथा टेक्सासजस्ता लायन्स क्लबहरूको स्थापना भई सदस्यता विस्तार र सेवाको दायरा उल्लेखनीय रूपमा फराकिलो बनेको छ।

समाजसेवामा उल्लेखनीय योगदान र सम्मान

स्वास्थ्य, शिक्षा, रक्तदान, विपन्न समुदाय सहयोग तथा आपतकालीन राहतका क्षेत्रमा पोखरेलको नेतृत्वमा सञ्चालन भएका कार्यक्रमहरू अत्यन्त प्रभावकारी रहेका छन्। विशेषगरी TU Lions Blood Bank मा संस्थापक सदस्यका रूपमा उनको योगदान उच्च प्रशंसनीय छ।

उनले MJF, PMJF, Campaign 100, NLF Fund लगायतका विभिन्न अभियानहरूमा उदारतापूर्वक आर्थिक तथा नैतिक सहयोग प्रदान गर्दै लायन्स अभियानलाई सुदृढ बनाउँदै आएका छन्।

उनले Lion of the Year (2023/24), Outstanding President Award, Best Cabinet Officer Award लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्। साथै विभिन्न अन्तर्राष्ट्रिय अध्यक्षहरूबाट प्राप्त प्रमाणपत्र तथा सम्मानहरूले उनको अन्तर्राष्ट्रिय पहिचान र प्रभावलाई पुष्टि गर्दछ।

स्पष्ट दृष्टिकोण र दूरदर्शी नेतृत्व

पोखरेलले आफ्नो नेतृत्वमार्फत लायन्स आन्दोलनलाई अझ समावेशी, सशक्त, पारदर्शी र परिणाममुखी बनाउने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन्। महिला नेतृत्व प्रवर्द्धन, युवा सहभागिता वृद्धि, सदस्यता विस्तार तथा सक्रिय क्लब निर्माणमा उनको विशेष जोड रहनेछ।

“जहाँ आवश्यकता, त्यहाँ लायन्स” भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्दै समुदायमा दीगो र सकारात्मक प्रभाव पार्ने उनको दृढ अठोट रहेको छ।

समग्रमा, अनुभव, इमान्दारिता, नेतृत्व क्षमता र समाजसेवाप्रतिको अद्वितीय समर्पणका आधारमा भुवन पोखरेललाई डिष्ट्रिक्ट ३२५ ‘ई’ को आगामी नेतृत्वका लागि एक सशक्त, सक्षम र अत्यन्त विश्वसनीय उम्मेदवारका रूपमा हेरिएको छ।

गाउँ सहर संवाददाता

Ramesh Pokharel लेख्नुहुन्छ ६ बैशाख, २०८३ ८:४० pm

Lions 325 E को second vice district governor मा भुवन पोखरेल जस्तो योग्य,कर्मठ र लामो समयदेखि Lions आन्दोलनमा योगदान गरेको व्यक्ति उठ्नु खसी र गर्वको विषय हो।भुवनजी यो पदकोलागि ३,४ वर्षदेखिनै योग्य व्यक्ति हो तर निजले आफूलाई पछाडीनै राखी अरुलाई बढाउने र आफूले त्याग गर्ने गरेको देखिन्थ्यो। तपाई जस्तो व्यक्तिको सर्वसम्मत चयन र १००% yes vote हुनुपर्छ।धेरै शुभकामना भुवनजी!!????????

तपाईँको मत