खेल

राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा

काठमाडाैं । सन्दीप लामिछानेले ४ वर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेट टोलीको कप्तानमा पुनरागमन गरेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले आज सन्दिप कप्तानीमा मलेसियामा हुने एसीसी पुरुष प्रिमियर कपको लागि १४ सदस्यीय ओडिआईको टोली घोषणा गरेको छ ।

काठमाडाैं । नियमित कप्तान रोहित पौडेललाई जिम्मेवारीबाट हटाउँदै सन्दीपलाई कप्तान बनाइएको हो। योसँगै झन्डै ४ वर्षपछि  रोहितको कप्तानी यात्राको अन्त्य भएको छ। केही महिनाअघि उनलाई हटाएर दीपेन्द्र सिंह ऐरीलाई टि ट्वान्टी टोलीको कप्तान बनाइएको थियो।

सन्दीपले यसअघि सन् २०२१ मा पहिलो पटक नेपाली टिमको कप्तान बनेका थिए।  पछिल्लो पटक आइसिसी विश्वकप लिग टु अन्तर्गत दुई सिरिजमा नेपालको प्रदर्शन कमजोर रह्यो ।

सन्दीपको प्रदर्शन पनि कमजोर रहेको थियो। लगातार ३ खेलमा विकेट नलिएपछि उनी ड्रप भएका थिए। त्यसपछि उनलाई कप्तान बनाइएको छ। 

साथै टोली परिवर्तन पनि गरिएको छ। नियमित खेलाडी ओपनर कुशल भुर्तेल, सोमपाल कामीसँगै नन्दन यादव र आरिफ शेखलाई ड्रप गरिएको छ। नन्दन चोटको कारण टोली बाहिर रहेका हुन्। 

उनीहरूको स्थानमा सन्दीप जोरा, देव खनाल, बसिर अहमद र शेर मल्लले टोलीमा स्थान बनाएका छन्। 

गाउँ सहर संवाददाता

तपाईँको मत