पराेपकारी युवासञ्जाल नेपाल र दाह्री ग्याङ्गद्वारा न्यानाे लुगा र शैक्षिक सामाग्री बितरण
- गाउँ सहर संवाददाता
- २७ कार्तिक शनिबार, २०७८ | २०:३४:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । पराेपकारी युवासञ्जाल नेपाल र दाह्री ग्याङ्ग मकवानपुरले बिपन्न बालबालिकाहरूलाई न्यानाे लुगा र शैक्षिक सामाग्री बितरण गरेकाे छ ।
मकवानपुरको आमभन्ज्याङ्ग -१, देउराली डाँडामा रहेको श्री उज्ज्वल प्राथमिक अध्यनरत ४० बिपन्न बालबालिकाहरूलाई न्यानाे लुगा र शैक्षिक सामाग्री बितरण गरेकाे हाे ।
सञ्जालका संयोजक रमेश सापकाेटाका अनुसार बिपन्न बालबालिकाको लागि जाडोमा पठनपाठनमा प्रेरित गर्न न्यानो कपडा र शैक्षिक सामाग्री बितरण गरेको हाे ।
बिगत लामो समयदेखि अभावमा रहेका बिपन्न समुदायलाई लक्ष्यित सहयोग कार्यक्रम गर्दै आइरहेको यो सञ्जालले हरेक महिना यस्तो कार्यक्रम गर्दै आइरहेको छ ।
'विशेषगरि बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री अभावमा पढन बन्चित हुनु नपरोस् भन्दै यो कार्यक्रम जारी राखेको छौँ'- दाह्री ग्याङ्ग मकवानपुरका संयोजक अजित खड्काले भने ।
यो शैक्षिक सत्रमा २ हजार विद्यार्थीलाई सहयोग गर्ने योजना रहेकाे सन्जालका सदस्य उमेश पराजुलीले बताए ।
उक्त कार्यक्रममा परोपकारी युवा सञ्जाल तथा दाह्री ग्याङ्ग मकवानपुरका सदस्यहरुको उपस्थिति थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
प्रतिकृया दिनुहोस