पराेपकारी युवासञ्जाल नेपाल र दाह्री ग्याङ्गद्वारा न्यानाे लुगा र शैक्षिक सामाग्री बितरण
- गाउँ सहर संवाददाता
- २७ कार्तिक शनिबार, २०७८ | २०:३४:०० मा प्रकाशित
काठमाडाैं । पराेपकारी युवासञ्जाल नेपाल र दाह्री ग्याङ्ग मकवानपुरले बिपन्न बालबालिकाहरूलाई न्यानाे लुगा र शैक्षिक सामाग्री बितरण गरेकाे छ ।
मकवानपुरको आमभन्ज्याङ्ग -१, देउराली डाँडामा रहेको श्री उज्ज्वल प्राथमिक अध्यनरत ४० बिपन्न बालबालिकाहरूलाई न्यानाे लुगा र शैक्षिक सामाग्री बितरण गरेकाे हाे ।
.jpg)
सञ्जालका संयोजक रमेश सापकाेटाका अनुसार बिपन्न बालबालिकाको लागि जाडोमा पठनपाठनमा प्रेरित गर्न न्यानो कपडा र शैक्षिक सामाग्री बितरण गरेको हाे ।
बिगत लामो समयदेखि अभावमा रहेका बिपन्न समुदायलाई लक्ष्यित सहयोग कार्यक्रम गर्दै आइरहेको यो सञ्जालले हरेक महिना यस्तो कार्यक्रम गर्दै आइरहेको छ ।
.jpg)
'विशेषगरि बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री अभावमा पढन बन्चित हुनु नपरोस् भन्दै यो कार्यक्रम जारी राखेको छौँ'- दाह्री ग्याङ्ग मकवानपुरका संयोजक अजित खड्काले भने ।
यो शैक्षिक सत्रमा २ हजार विद्यार्थीलाई सहयोग गर्ने योजना रहेकाे सन्जालका सदस्य उमेश पराजुलीले बताए ।
उक्त कार्यक्रममा परोपकारी युवा सञ्जाल तथा दाह्री ग्याङ्ग मकवानपुरका सदस्यहरुको उपस्थिति थियो ।
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
प्रतिकृया दिनुहोस