परोपकारी युवा सन्जालद्वारा बारा जितपुरमा शैक्षिक सामाग्री बितरण
- गाउँ सहर संवाददाता
- २१ जेठ मंगलबार, २०७६ | २१:५५:०० मा प्रकाशित

बारा । परोपकारी युवा सन्जालले शिक्षा अभियान अन्तर्गतको कार्यक्रम जितपुर सिमरा उप-महानगरपालिका -३ बजनीमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अध्यनरत बिपन्न विद्यार्थीलाई विभिन्न शैक्षिक सामाग्री बितरण गरिएकाे सञ्जालका संयाेजक रमेश सापकाेटाले बताए ।
संयाेजक सापकाेटाका अनुसार कम्प्युटर २ थान,,सिलिङ फ्यान १० थान, ब्याग ८३ वटा, कपि ४८६ वटा बितरण गरिएकाे छ ।
त्यसैगरि डटपेन १२० थान, पेन्सिल २४०, इरेजर तथा कटर ४०/४०, भलिबल १ थान, ब्याट मिन्टन २ थान र डाेरी ३ थान बितरण गरिएकाे सापकाेटाले बताए ।
संस्थाका सदस्य निश्चल बिमलीका अनुसार परोपकारी काममा केही सहयोग सदस्यहरुबाटै उठाउने तथा केहीदेश विदेशबाट सहयोग गर्ने मनकारीबाट संकलन गरेर सहायता वितरण गर्ने गरेको बताए ।
'बाेलेर हाेइन गरेर देखाउ' भन्ने मूल नाराकासाथ समाजसेवा तथा पराेपकारी क्षेत्रमा लागेकाे संजालले महीनमा एउटा सहयाेगकाे कार्यक्रम गर्ने गरेकाे बिमलीले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
प्रतिकृया दिनुहोस