लायन्स क्लबद्वारा चितवनकाे चेपाङ बस्तीमा शैक्षिक सामाग्री बितरण
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर आइतबार, २०७६ | १३:२३:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । लायन्स क्लब अफ इन्टरनेशनल ए वान अन्तर्गतका चार क्लबहरूद्वारा चितवनकाे चेपाङ बस्तीमा रहेकाे विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री बितरण गरिएकाे छ ।
लायन्स क्लब अफ काठमाडाैं बाैद्ध र लायन्स क्लब अफ काठमाडाैं ग्लोबलकाे सक्रियतामा लायन्स क्लब अफ बुढानीलकण्ठ र लायन्स क्लब अफ काठमाडाैं ग्रीन वल्र्डले संयुक्त रूपमा ४४ विद्यार्थीहरूलाई शैक्षिक सामाग्री बितरण गरेका हुन् ।
चितवनकाे इच्छाकामना गाउँपालिका उपरदाङ्गगढीमा रहेकाे श्री राष्ट्रिय आधाभूत विद्यालयका विद्यार्थीहरूलाई ज्याकेट, स्कुल ब्याग, कपी र स्टेशनरी सामाग्री बितरण गरिएकाे लायन्स क्लब अफ काठमाडाैं बाैद्धका प्रेसिडेन्ट भुवन पाेखरलले जानकारी दिए ।
शैक्षिक सामाग्री बितरण गर्न पुगेका इमिडेट पास्ट डिस्ट्रिक गभर्नर लायन अनन्त प्रसाद भेटुवाल (सेकेन्ड सेन्चुरी एम्बास्डर पीएमजेएफ) ले लायन्स क्लब विश्वकै सबैभन्दा ठूलाे मानव र समाज कल्याण संस्था भएकाेले हामीले पनि "डिजी सर्भिस वीक" काे रूपमा त्यहाँकाे विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री बितरण गर्न पुगेकाे बताए । उनले शिक्षा नै देश र समाज निर्माणकाे पहिलाे र बलियाे आधार भएकाेले शैक्षिक सामाग्रीबाट बञ्चित बालबालिकाहरूकाे लागि साे सामाग्री बितरण गरिएकाे बताए ।
शैक्षिक सामाग्री बितरण कार्यक्रममा जोन चियरर्सन २९ का लायन लक्ष्मण कुँवर (एमजेएफ), लायन्स क्लब अफ काठमाडाैं बाैद्धका फस्ट भीपी तिलक कुमार श्रेष्ठ, लायन्स क्लब अफ काठमाडाैं ग्लोबलका प्रेसिडेन्ट मन्दीप महर्जन लगायत उक्त विद्यालयका शिक्षक-शिक्षिका र स्थानीयबासीकाे उपस्थिति रहेकाे थियाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
प्रतिकृया दिनुहोस