परोपकारी युवा सन्जालद्वारा 'शिक्षा अभियान' अन्तर्गत बाराकाे विद्यालयमा शैक्षिक सामाग्री बितरण
- गाउँ सहर संवाददाता
- २८ बैशाख शनिबार, २०७६ | ११:१६:०० मा प्रकाशित
काठमाडाैं । परोपकारी युवा सन्जालले पर्सामा विभिन्न शैक्षिक सामाग्री बतरण गरेकाे छ ।
सन्जालकाे 'शिक्षा अभियान' अन्तर्गत शैक्षिक सामाग्री अभावमा कसैले पनि अध्यनबाट बन्चित हुन नपरोस भन्दै श्री नेपाल रास्ट्रिय माध्यमिक विद्यालय मनवा पर्सामा अध्यनरत ४७ जना अति बिपन्न विद्यार्थीलाई स्कुल ब्याग, शैक्षिक सामाग्री बितरण गरिएकाे सन्जालका संयाेजक रमेश सापकाेटाले बताए ।
कार्यक्रममा राजकुमार लामा, जागृत चौरेल बिनोद श्रेष्ठ सरोज लामिछाने नवराज श्रेष्ठ लगायतको उपस्थिति थियो ।

बिगत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय परोपकार युवा सञ्जालले शिक्षाको पहुँच बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयसम्म ल्याउने अभियानमा सहयाेग पुग्ने सन्जालका सदस्य निश्चल बिमलीले जानकारी दिए ।
सामाजिक सञ्जाल फेसबुकबाट संगठित भएका युवाहरुको परोपकार युवा नामक सञ्जालले बालबालिकाहरुलाई विद्यालयसम्मआउन प्रेरित गर्ने सन्जालका संयाेजक सापकाेटाले जनाए संजालले यस अघ पनि बारामा आँधीबेरीबाट क्षति पुगेको पुरैनिया र भरबलियाका दुई प्राथमिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको थियाे ।

आँधीबेरी आएकै भोलिपल्ट काठमाडौंबाट वीरगञ्ज पुगेको परोपकारी युवा संजाल नेपालका टीमले पीडितहरुको उद्धारमा सहयोग गरेको थियो भने बिरामीका लागि अत्यावश्यक रगत संकलनको लागि आफैंँबाट शुरु गरेका थिए ।
संस्थाका सदस्य निश्चल बिमलीका अनुसार परोपकारी काममा केही सहयोग सदस्यहरुबाटै उठाउने तथा केहीदेश विदेशबाट सहयोग गर्ने मनकारीबाट संकलन गरेर सहायता वितरण गर्ने गरेको बताए ।
'बाेलेर हाेइन गरेर देखाउ' भन्ने मूल नाराकासाथ समाजसेवा तथा पराेपकारी क्षेत्रमा लागेकाे संजालले महीनामा एउटा सहयाेगकाे कार्यक्रम गर्ने गरेकाे बिमलीले बताए ।


गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
प्रतिकृया दिनुहोस