पराेपकारी सञ्जालद्वारा ४२ चेपाङ बालबालिकाहरूलाई न्यानाे लुगा र शैक्षिक सामाग्री बितरण
- गाउँ सहर संवाददाता
- १९ पौष आइतबार, २०७७ | १७:०७:०० मा प्रकाशित
.jpeg)
धादिङ्ग । परोपकारी युवा संजाल नेपालले धादिङ्गको रोराङ्ग-८ यार्बाङ्गका चेपाङ बालबालिकाहरूलाई न्यानाे लुगा र शैक्षिक सामाग्री बितरण गरेकाे छ ।
संजालका सदस्य रमेश सापकाेटाका अनुसार श्री जलकन्या आधारभूत विद्यालयमा अध्ययनरत अत्यन्तै बिपन्न ४२ चेपाङ बालबालिका लागि न्यानो लुगा र शैक्षिक सामाग्री र स्कुल ब्याग सहयोग गरेको हाे ।
बिगत लामो समय देखि अभावमा रहेका बिपन्न समुदायलाई लक्ष्यित सहयोग कार्यक्रम गर्दै आइरहेको यो संजालले हरेक महिना यस्तो कार्यक्रम गर्दै आइरहेको छ ।
'विशेषगरि बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री अभावमा पढन बन्चित हुनु नपरोस् भन्दै यो कार्यक्रम जारी राखेको छौँ'- संजालका तिर्थ प्याकुरेलले भने ।
आगामी शैक्षिक सत्रमा २ हजार विद्यार्थीलाई यो सहयोग गर्ने योजना रहेकाे अर्का सदस्य दिपेश पराजुलीले बताए ।
उक्त कार्यक्रममा युवा समाजसेवी हेटौंडाका व्यावसायी रामचन्द्र रुपाखेती लगायत संजालका सदस्यहरु युवराज भन्डारी, विरेन्द्र यादव, नारायण श्रेष्ठ, सन्जय चौधरीको उपस्थिति थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
प्रतिकृया दिनुहोस