राजनीति

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा प्रतिवेदन पारित भएको छ ।  

बुधबार खुल्लामञ्चमा आयोजित बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव पारित भएको हो ।

साथै बन्दसत्रले गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित भएको छ । बन्द सत्रबाट राजनीतिक, संगठनात्मक र आर्थिक प्रतिवेदन पारित भएसँगै कांग्रेस महाधिवेशन नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढेको छ ।

कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि यसअघि नै उम्मेदवारी दर्ता भइसकेको छ । नेतृत्व चयनका लागि बिहीबार निर्वाचन हुँदैछ । 

उनले ४६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए । 

प्रतिवेदनमा चार वर्षको नेतृत्व र आगामी कार्यदिशा शिर्षकमा सभापति थापाले नयाँ नेतृत्वले निर्वाह गर्नुपर्ने राजनीतिक, वैचारिक र संगठनात्मक जिम्मेवारी पनि यही महाधिवेशनले स्पष्ट गर्नुपर्ने उल्लेख गरेका छन् ।

आगामी दशकको राष्ट्रिय आकांक्षालाई चार वर्षको नेतृत्वको जिम्मेवारीसँग जोड्ने मार्गदर्शक आधारका रूपमा प्रतिवेदन लेखिएको छ ।

‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ कांग्रेसको विगतको निरन्तरता र वर्तमानको सुधार तथा भविष्यको आकांक्षासँग जोड्ने संकल्प भएको उल्लेख गरिएको छ ।

राष्ट्रिय पुनर्जागरणले पार्टी, राज्य र नागरिकबीच कमजोर भएको विश्वास तथा लोकतान्त्रिक सामर्थ्य पुनर्निर्माणलाई अर्थ्याउन सभापति थापाले विश्लेषण गरेका छन् ।

पढ्नुहोस् पूर्णपाठ

गाउँ सहर संवाददाता

तपाईँको मत