परोपकारी युवा संजाल र दाह्री ग्याङ्गद्वारा भुस्याहा कुकुरहरूलाई खोप तथा औषधि
- गाउँ सहर संवाददाता
- २० मङ्सिर सोमबार, २०७८ | १३:०७:०० मा प्रकाशित
.jpeg)
हेटाैँडा, मकवानपुर । परोपकारी युवा संजाल र दाह्री ग्याङ्ग हेटौंडाले शनिवार हेटौंडाका सडकमा खुल्ला छोडिएका भुस्याहा कुकुरहरूलाई खोप तथा औषधि दिईएको छ ।
दाह्री ग्याङ्ग हेटौंडा र परोपकारी युवा संजाल नेपालको सहकार्यमा हेटौंडाको सडकमा खुला छोडिएका कुकुरहरूलाई खोप तथा औषधि दिईएको हो ।
खुल्ला छाडिएका कुकुरहरूलाई परिजिवि नियन्त्रण कार्यक्रम अन्तरगत लुतो, जुका, दादको औसधि हेटौंडा उपमहानगरको केही वडामा कुकुरलाई खोप तथा औषधि दिईएको दाह्री ग्याङ्गका संयोजक अजित खड्काले जानकारी दिए ।
कुकुरलाई आवश्यक पर्ने खोप तथा औषधि प्रायोजन भने क्यूमेड फर्मुलेसन र सेतो गुराँस भेट फर्माले उपलब्ध गराएको परोपकारी युवा संजालका संयोजक रमेश सापकोटाले बताए ।
परोपकारी युवा संजाल र दाह्री ग्याङ्ग विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस