राताम्मे शेयरबजारमा पनि तीन कम्पनीमा सर्किट, साढे ६ अर्बकाे काराेबार
- गाउँ सहर संवाददाता
- २३ कार्तिक मंगलबार, २०७८ | १५:०७:०० मा प्रकाशित

काठमाडौं । मंगलबारकाे राताम्मे बजारमा पनि तीन कम्पनीकाे शेयरमूल्य सर्किट लेभेलमा बढेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तिहार पछिको दोस्रो कारोबाको दिन आज मंगलबार उच्च अंकको गिरावट भएको छ । नेप्से आज ७९.७९ अंकले घटेर दुई हजार ७ सय ४९ दशमलब ८५ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्सेमा ६ अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूह राताम्मे भएका छन् ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने साहस उर्जा कम्पनी, तेह्रथुम पावर कम्पनी र महिला लघुवित्त वित्तय संस्था रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।
त्यस्तै, आज आइसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस बैंकको आज २९ करोड भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस