खेल
रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- गाउँ सहर संवाददाता
- २५ असोज आइतबार, २०८३ | १४:४६:०० मा प्रकाशित
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ ।
ओमानस्थित अल अमिरातमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन जोड्यो ।
रोहित पौडेलले शतकीय इनिङ्स खेले । उनले १२६ बलमा १०१ रनको योगदान दिए । सो क्रममा उनले ८ चौका र १ छक्का प्रहार गरे ।
यस्तै, गुलशन झाले ४८, बसिर अहमदले ३०, अर्जुन कुमालले २३ रन जोडे ।
बलिङतर्फ क्यानडाका अखिल कुमारले चार तथा सुखजिन्दर सिंहले तीन विकेट लिए । यस्तै, जाहिद सिर्जादले दुई विकेट लिए ।
रोहितले दोस्रो शतक २०२५ अक्टोबर ३० मा यूएईविरुद्ध बनाएका थिए। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दुबईमा भएको खेलमा उनले १ सय ९ रन बनाएका थिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
प्रतिकृया दिनुहोस