बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- गाउँ सहर संवाददाता
- २५ असोज आइतबार, २०८३ | २१:०७:०० मा प्रकाशित
काठमाडौं । गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत व्यवस्थापनलाई प्राथमिकता दिन जय नेपाल पार्टीले सरकारसँग आग्रह गरेको छ।
बाढीका कारण ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुगेको र केही नागरिक सम्पर्कविहीन भएको घटनाप्रति पार्टीले दुःख व्यक्त गरेको छ। साथै, विपद्बाट प्रभावित परिवारलाई परेको पीडाप्रति सहानुभूति प्रकट गर्दै बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन माग गरेको छ।
पार्टीले प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउन, विस्थापित परिवारका लागि सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न तथा स्वच्छ खानेपानी, खाद्यान्न, लत्ताकपडा र आवश्यक औषधोपचार उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ।
बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र आधारभूत आवश्यकताको परिपूर्तिका लागि सम्बन्धित निकायलाई सक्रियतापूर्वक परिचालन गर्नुपर्नेमा पार्टीले जोड दिएको छ।
जय नेपाल पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले जारी गरेको विज्ञप्तिमार्फत उक्त आग्रह गरिएको हो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
प्रतिकृया दिनुहोस