सल्यान बस दुर्घटना अपडेट : मृतककाे संख्या १२ पुग्याे
- गाउँ सहर संवाददाता
- २१ कार्तिक आइतबार, २०७८ | १४:०८:०० मा प्रकाशित
.jpeg)
सल्यान । सल्यानमा आइतबार भएको बस दुर्घटनामा पर मृत्यु हुनेकाे संख्या १२ पुगेकाे छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानकाअनुसार मृत्यु हुनेमा १० महिला र २ पुरुष रहेका छन् ।
सल्यानबाट यात्रु बोकेर दाङ तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका- ५ खारखोलामा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा तिहार मनाएर फर्किनेहरु दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले बताए । थापाकाअनुसार २ जनाको सनाखत भएको छ ।
छत्रेश्वरी गाउँपालिका २ का तिलक वली र घोहरी उप महानगरपालिका नारायणपुरका इन्द्रा भण्डारी रहेको प्रहरीले जनाएको छ ।
घाइते मध्ये १७ जनाको अवस्था गम्भीर र १० जना सामान्य अवस्थामा रहेका र उनीहरुको जिल्ला अस्पतालसहित सदरमुकाम खलंगाको स्वास्थ्य केन्द्रहरुमा उपचार भैरहेको छ ।
बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो ।
घटनास्थल सदरमुकाम खलंगाबाट बाट १ घण्टाको दुरीमा छ ।
गापाकाे श्रद्धाञ्जली

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस